प्रेमिकाको जागिर छुटाउन विमान अपहरणको योजना बनाउँदा आजीवन काराबासको फैसला ! | Khabarhub Khabarhub

प्रेमिकाको जागिर छुटाउन विमान अपहरणको योजना बनाउँदा आजीवन काराबासको फैसला !


३१ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– जेट एयरवेजमा कार्यरत आफ्नी प्रेमीकको जागिर छुटाउन एक व्यक्तिले विमान अपहरणसम्मको नक्कली योजना बुनेको अभियोगमा आजीवन काराबास सहित पाँच करोड जरिवाना सुनाइएको छ ।

भारतको दिल्लीबाट मुम्बईका लागि उडेको जेट एयरवेजको एउटा विमानको शौचालयमा विमान अपहरणसम्बन्धी नक्कली योजनापत्र राखेको अभियोगमा बिर्जु सल्ला नामक व्यक्तिलाई आजीवन काराबासको सजाय सुनाईएको हो ।

ती व्यक्तिले उक्त एयरवेजले आफ्नो दिल्ली सेवा बन्द गर्ने र सो विमानकी कर्मचारी रहेकी आफ्नी प्रेमिका आफूसँग बस्न मुम्बई जान सक्ने अपेक्षासहित योजना बुनेको बीबीसीले उल्लेख गरेको छ ।

विमान अपहरणविरोधी भारतको नयाँ कानुनअन्तर्गत पहिलो पटक सल्लालाई मुद्दा चलाइएको थियो। उक्त कानुनअनुसार न्यूनतम सजाय आजीवन कारावास हुन्छ भने अधिकतम सजाय मृत्युदण्ड हुन्छ।

सजाय पाएका व्यापारीले सन् २०१७ को अक्टोबरमा विमान चढ्नुअघि मुम्बईस्थित आफ्नो कार्यालयमा धम्कीपत्र लेखेको र छापेको स्वीकार गरेका छन्। विमानमा १२ अपहरणकारी र थुप्रै विस्फोटक पदार्थ भएको दाबाी सो पत्रमा गरिएको थियो भने विमानलाई पाकिस्तान प्रशासित कश्मीर लैजानुपर्ने माग गरिएको थियो।

गन्तव्यदेखि ७७८ किलोमिटर वरै अहमदाबादमा विमानको आपत्‌कालीन अवतरण गरिएपछि सल्लालाई पक्राउ गरिएको थियो। त्यतिबेला जेट एयरवेजकी ती महिला कर्मचारीसँग उनको विवाहेतर सम्बन्ध थियो। सल्लाले आफ्नी केटीसाथीलाई मुम्बई बस्न भनेको बताइएको छ। उनले उक्त एयरवेजलाई बदनाम गरेपछि आफ्नी केटीसाथीले जागिर गुमाउन सक्ने र आफूसँग मुम्बईमा बस्न बाध्य हुने ठानेका थिए।

एक अनुसन्धानकर्ताले समाचारसंस्था एएफपीलाई बताएअनुसार सल्लाले विमान अपहरण नगरे पनि अपहरणसम्बन्धी पत्र राख्नु पनि भारतीय कानुनअनुसार अपहरणको प्रयाससरह भएको बताए।

फैसाला सुनाउँदै न्यायाधीशले भने, ‘आफूले भोगेको पीडाको क्षतिपूर्तिस्वरूप जरिवाना रकमबाट विमानका प्रत्येक चालकले एक लाख रुपैयाँ पाउनेछन्।’ आदेशअनुसार प्रत्येक विमानपरिचारिकाले ५० हजार र प्रत्येक यात्रीले २५ हजार रुपैयाँ पाउनेछन्। सल्लाका वकिल रोहित वर्माले उक्त आदेशविरुद्ध पुनरावेदन गर्ने बताएका छन्।

प्रकाशित मिति : ३१ जेठ २०७६, शुक्रबार  ६ : ०७ बजे

श्रीलंकाका पूर्वराष्ट्रपति विक्रमासिङ्घे जमानतमा रिहा

एजेन्सी– पदमा रहँदा सार्वजनिक कोष दुरुपयोग गरेको आरोपमा पक्राउ परेका

बारामा शतप्रतिशत धान रोपाइँ सम्पन्न

कलैया– जिल्लामा चालु आर्थिक यस वर्षमा शतप्रतिशत वर्षे रोपाइँ भएको

शेयर बजारमा उछाल, आधा सेन्चुरीले बढ्यो नेप्से 

काठमाडौं– बुधबार शेयर बजारमा उछाल आएको छ । बुधबार नेपाल

मङ्सिरमा बाघ र गैँडा गणना गरिने 

चितवन– गत आर्थिक वर्षमा अन्तिम अवस्थामा दाताले सहयोग गर्न नसक्ने

ट्रम्पको दाबी, ‘मोदीलाई भनेको थिएँ, यति धेरै ट्यारिफ लगाउँछु कि तिम्रो टाउको घुम्‍नेछ’

वासिङ्गटन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एकपटक ट्यारिफ लगाउने धम्की