फलफूल आयात सहजीकरण गर्न माग « Khabarhub

फलफूल आयात सहजीकरण गर्न माग


२३ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल फलफूल व्यवसायी महासङ्घले गैरभन्सार मार्गबाट हुने अवैध कारोबार नियन्त्रण गरी आयात सहजीकरण गर्न माग गरेको छ ।

महासङ्घका अध्यक्ष भरतप्रसाद खतिवडाले आज एक विज्ञप्ति जारी गरी फलफूल तथा तरकारीजन्य वस्तुका साथै केरा गैरभन्सार मार्गबाट हुने अवैध कारोबार नियन्त्रण गरी आयात सहजीकरण गर्न सरकारसँग माग गरेका हुन् ।

‘अवैध कारोबारले गर्दा राज्यलाई दैनिक करोडौँको राजस्वसमेत गुम्न गएको छ, वैधानिक रुपमा व्यवसाय गर्ने व्यवसायीहरु मर्कामा पर्न गएको र उपभोक्ताले ३०० प्रतिशत सम्म महङ्गो मुल्य तिर्न बाध्य हुनुपरेको अवस्थालाई अन्त्य गर्नुपर्छ’, विज्ञप्तिमा भनिएको छ ।

विगत केही समयदेखि केरा आयातमा लगाइएको प्रतिबन्धका कारण नेपाली उत्पादन पर्याप्त नभएको अवस्थामा गैरभन्सार मार्गबाट केरा आयात भइरहेको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०८२, सोमबार  ९ : ४९ बजे

स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट १६ प्रतिशत नगद लाभांस घोषणा

काठमाडौँ– स्ट्यान्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीलाई लाभांश

सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

प्रधानमन्त्री राहत कोषमा सहयोग जुट्ने क्रम जारी

काठमाडौँ– रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र

इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन राइनोजबाट एनपीएल खेल्दै

चितवन– ‘एकदिवसीय’ र ‘टेष्ट म्याच’ मा अन्तर्राष्ट्रिय शतकसमेत बनाएका इङ्गल्याण्डका

काँकडभिट्टा नाकाबाट तीन महिनामा एक हजार बढी पर्यटक भित्रिए

झापा– पूर्वीनाका काँकडभिट्टा हुँदै तीन महिनामा एक हजार १०६ जना