प्रेमिकाको जागिर छुटाउन विमान अपहरणको योजना बनाउँदा आजीवन काराबासको फैसला ! « Khabarhub

प्रेमिकाको जागिर छुटाउन विमान अपहरणको योजना बनाउँदा आजीवन काराबासको फैसला !


३१ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– जेट एयरवेजमा कार्यरत आफ्नी प्रेमीकको जागिर छुटाउन एक व्यक्तिले विमान अपहरणसम्मको नक्कली योजना बुनेको अभियोगमा आजीवन काराबास सहित पाँच करोड जरिवाना सुनाइएको छ ।

भारतको दिल्लीबाट मुम्बईका लागि उडेको जेट एयरवेजको एउटा विमानको शौचालयमा विमान अपहरणसम्बन्धी नक्कली योजनापत्र राखेको अभियोगमा बिर्जु सल्ला नामक व्यक्तिलाई आजीवन काराबासको सजाय सुनाईएको हो ।

ती व्यक्तिले उक्त एयरवेजले आफ्नो दिल्ली सेवा बन्द गर्ने र सो विमानकी कर्मचारी रहेकी आफ्नी प्रेमिका आफूसँग बस्न मुम्बई जान सक्ने अपेक्षासहित योजना बुनेको बीबीसीले उल्लेख गरेको छ ।

विमान अपहरणविरोधी भारतको नयाँ कानुनअन्तर्गत पहिलो पटक सल्लालाई मुद्दा चलाइएको थियो। उक्त कानुनअनुसार न्यूनतम सजाय आजीवन कारावास हुन्छ भने अधिकतम सजाय मृत्युदण्ड हुन्छ।

सजाय पाएका व्यापारीले सन् २०१७ को अक्टोबरमा विमान चढ्नुअघि मुम्बईस्थित आफ्नो कार्यालयमा धम्कीपत्र लेखेको र छापेको स्वीकार गरेका छन्। विमानमा १२ अपहरणकारी र थुप्रै विस्फोटक पदार्थ भएको दाबाी सो पत्रमा गरिएको थियो भने विमानलाई पाकिस्तान प्रशासित कश्मीर लैजानुपर्ने माग गरिएको थियो।

गन्तव्यदेखि ७७८ किलोमिटर वरै अहमदाबादमा विमानको आपत्‌कालीन अवतरण गरिएपछि सल्लालाई पक्राउ गरिएको थियो। त्यतिबेला जेट एयरवेजकी ती महिला कर्मचारीसँग उनको विवाहेतर सम्बन्ध थियो। सल्लाले आफ्नी केटीसाथीलाई मुम्बई बस्न भनेको बताइएको छ। उनले उक्त एयरवेजलाई बदनाम गरेपछि आफ्नी केटीसाथीले जागिर गुमाउन सक्ने र आफूसँग मुम्बईमा बस्न बाध्य हुने ठानेका थिए।

एक अनुसन्धानकर्ताले समाचारसंस्था एएफपीलाई बताएअनुसार सल्लाले विमान अपहरण नगरे पनि अपहरणसम्बन्धी पत्र राख्नु पनि भारतीय कानुनअनुसार अपहरणको प्रयाससरह भएको बताए।

फैसाला सुनाउँदै न्यायाधीशले भने, ‘आफूले भोगेको पीडाको क्षतिपूर्तिस्वरूप जरिवाना रकमबाट विमानका प्रत्येक चालकले एक लाख रुपैयाँ पाउनेछन्।’ आदेशअनुसार प्रत्येक विमानपरिचारिकाले ५० हजार र प्रत्येक यात्रीले २५ हजार रुपैयाँ पाउनेछन्। सल्लाका वकिल रोहित वर्माले उक्त आदेशविरुद्ध पुनरावेदन गर्ने बताएका छन्।

प्रकाशित मिति : ३१ जेठ २०७६, शुक्रबार  ६ : ०७ बजे

आज २०८३ साल असोज १६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप