धरानमा डेंगुको डरलाग्दो रुप, विराटनगर र दमकमा पनि संक्रमण देखियो « Khabarhub

धरानमा डेंगुको डरलाग्दो रुप, विराटनगर र दमकमा पनि संक्रमण देखियो


३१ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आजको नयाँ पत्रिका दैनिकले ‘उडान घटाउँदै, घाटा बढाउँदै निगम’ शीर्षकमा नेपाल बायुसेवा निगमको समाचारलाई मुख्य समाचारका रुपमा छापेको छ ।

दिल्लीबाट दैनि तीन र मूम्बईबाट दैनिक दुई उडान गरिरहेको जेट एयरवेजले उडान बन्द गर्दा दिल्लीको एकतर्फी भाडा ६० हजारसम्म पुग्यो, निगमका न्यारोबडी र वाइडबडी शूल्क तिरर पार्किङमा थन्किए, तर उडान थपिएनन्–समाचारमा जनाइएको छ ।

यही बेला दुबईको दैनिक उडान पनि घटाएर सातामा तीन दिन झारिएको उल्लेख गरिएको छ । त्यस्तै नेपाली हुँदाहुँदै ११ विदेशी पाइलट राखिएको र यसबाट दुई करोड ४२ लाख फजुल खर्च व्यहोर्नु परिरहेको पनि समाचारमा जनाइएको छ ।

तर, नेपाल वायुसेवा निगमका प्रवक्ता नवराज कोइराला भन्छन्– ‘वाइडबडी उलाड समय बढाउने प्रयासमा छौं ।’

त्यस्तै पत्रिकाले ओम अस्पतालमा चिकित्सकको लापरबाहीले विरामीको मृत्यु भएको समाचारलाई पनि पहिलो पृष्ठमा छापेको छ ।

चाबहिलस्थित ओम अस्पतालमा पित्तथैलीकबो पत्थरी निकाल्ने क्रममा सानो आन्दा काटिएपछि बरामीको मृत्यु भएको हो । काटिएको आन्दा चिकित्सकले जोडिदिएनन्, संक्रमण फैलिएर ज्यान गएको समाचारमा जनाइएको छ ।

त्यस्तै पत्रिकाले धरानमा डंगु नियन्त्रण बाहिर गएको तथा विराटनगर र दमकमा पनि संक्रमण देखिएको समाचार पनि पहिलो पृष्ठमा छापेको छ । डेंगुको संक्रमण फैलिएको क्षेत्रमा पानीको हाहाकार रहेको र स्थानीय संकलित पानी फाल्न नमान्दा झन फैलिएको समाचारमा उल्लेख छ ।

सुनसरीको धरानमा डेढ सातादेखि फैलिएको डेंगुका कारण ४ सय १५ जना बिरामी परेका छन् । पछिल्लो तीन दिनमा झापामा ८, विराटनगरमा ७ जनामा डेंगु देखिएको छ ।

त्यसैगरी पत्रिकाले ‘भाषाका नाममा रोजगारीमा जानेलाई रोकियो नो अब्जेक्सन लेटर’ शीर्षकमा अर्को समाचार पनि पहिलो पृष्ठमा छापेको छ । भाषा अध्ययनको बहाना बनाएर रोजगारीका लागि बिदेसिनेको संख्या बढेपछि सरकारले नो अब्जेक्सन लेटरमा कडाई गरेको समाचारमा जनाइएको छ ।

प्रकाशित मिति : ३१ जेठ २०७६, शुक्रबार  ७ : १९ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु