धरानमा डेंगुको डरलाग्दो रुप, विराटनगर र दमकमा पनि संक्रमण देखियो | Khabarhub Khabarhub

धरानमा डेंगुको डरलाग्दो रुप, विराटनगर र दमकमा पनि संक्रमण देखियो


३१ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आजको नयाँ पत्रिका दैनिकले ‘उडान घटाउँदै, घाटा बढाउँदै निगम’ शीर्षकमा नेपाल बायुसेवा निगमको समाचारलाई मुख्य समाचारका रुपमा छापेको छ ।

दिल्लीबाट दैनि तीन र मूम्बईबाट दैनिक दुई उडान गरिरहेको जेट एयरवेजले उडान बन्द गर्दा दिल्लीको एकतर्फी भाडा ६० हजारसम्म पुग्यो, निगमका न्यारोबडी र वाइडबडी शूल्क तिरर पार्किङमा थन्किए, तर उडान थपिएनन्–समाचारमा जनाइएको छ ।

यही बेला दुबईको दैनिक उडान पनि घटाएर सातामा तीन दिन झारिएको उल्लेख गरिएको छ । त्यस्तै नेपाली हुँदाहुँदै ११ विदेशी पाइलट राखिएको र यसबाट दुई करोड ४२ लाख फजुल खर्च व्यहोर्नु परिरहेको पनि समाचारमा जनाइएको छ ।

तर, नेपाल वायुसेवा निगमका प्रवक्ता नवराज कोइराला भन्छन्– ‘वाइडबडी उलाड समय बढाउने प्रयासमा छौं ।’

त्यस्तै पत्रिकाले ओम अस्पतालमा चिकित्सकको लापरबाहीले विरामीको मृत्यु भएको समाचारलाई पनि पहिलो पृष्ठमा छापेको छ ।

चाबहिलस्थित ओम अस्पतालमा पित्तथैलीकबो पत्थरी निकाल्ने क्रममा सानो आन्दा काटिएपछि बरामीको मृत्यु भएको हो । काटिएको आन्दा चिकित्सकले जोडिदिएनन्, संक्रमण फैलिएर ज्यान गएको समाचारमा जनाइएको छ ।

त्यस्तै पत्रिकाले धरानमा डंगु नियन्त्रण बाहिर गएको तथा विराटनगर र दमकमा पनि संक्रमण देखिएको समाचार पनि पहिलो पृष्ठमा छापेको छ । डेंगुको संक्रमण फैलिएको क्षेत्रमा पानीको हाहाकार रहेको र स्थानीय संकलित पानी फाल्न नमान्दा झन फैलिएको समाचारमा उल्लेख छ ।

सुनसरीको धरानमा डेढ सातादेखि फैलिएको डेंगुका कारण ४ सय १५ जना बिरामी परेका छन् । पछिल्लो तीन दिनमा झापामा ८, विराटनगरमा ७ जनामा डेंगु देखिएको छ ।

त्यसैगरी पत्रिकाले ‘भाषाका नाममा रोजगारीमा जानेलाई रोकियो नो अब्जेक्सन लेटर’ शीर्षकमा अर्को समाचार पनि पहिलो पृष्ठमा छापेको छ । भाषा अध्ययनको बहाना बनाएर रोजगारीका लागि बिदेसिनेको संख्या बढेपछि सरकारले नो अब्जेक्सन लेटरमा कडाई गरेको समाचारमा जनाइएको छ ।

प्रकाशित मिति : ३१ जेठ २०७६, शुक्रबार  ७ : १९ बजे

जिरोनामाथि बार्सिलोनाको रोमाञ्चक जित

काठमाडौं – स्पेनिश लालिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले

काठमाडौं उपत्यकामा स्वरुप परिर्वतन गरिएका २७५ बाइक नियन्त्रणमा

काठमाडौं – उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्वरुप परिर्वतन गर्ने २७५

एभर्टनविरुद्ध म्यानचेस्टर सिटीको सहज जित, हालान्ड बने नायक

म्यानचेस्टर – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा

गोरखा बजारबाट २० किलोग्राम पटका बरामद

गोरखा – प्रहरीले गोरखा बजारबाट २० किलोग्राम पटका बरामद गरेको

साहित्यकार दाहाल र अधिकारी दम्पती सम्मानित

काठमाडौं – बनेपा जनगालस्थित सयपत्री प्रतिष्ठान नेपालले शिक्षाविद्, वरिष्ठ साहित्यकार