हाजिरी जमानीमा छाडिए प्रनेश गौतम « Khabarhub

हाजिरी जमानीमा छाडिए प्रनेश गौतम


३१ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चलचित्र समीक्षाको विषयलाई लिएर पक्राउ परेका युट्यूबर प्रनेश गौतम हाजिरी जमानीमा रिहा भएका छन् ।

बिहीबार साँझ रिहा भएका गौतमले शुक्रबार प्रहरीमा तारेख बुझाएका छन् ।

महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले गौतम रिहा भएको जानकारी दिए । एसएसपी थापाले प्रहरीको सम्पर्कमा रहने गरी बिहीबार राति ८ बजे रिहा गरिएको बताए ।

चलचित्र ‘वीरविक्रम–२’को समीक्षाको विषयलाई लिएर प्रहरीले गौतमलाई पक्राउ गरेको थियो । समीक्षामार्फत आफ्नो मानहानी गरेको भन्दै चलचित्रका निर्देशक मिलन चाम्सले गौतमविरुद्ध अपराध महाशाखामा उजुरी दिएका थिए ।

महाशाखाले गौतमलाई पक्राउ गरी विद्युतीय अपराध ऐनअन्तर्गत अनुसन्धान अगाडि बढाएको थियो ।

फिल्म समीक्षा गर्दैमा गौतमलाई पक्राउ गरिएको भन्दै प्रहरीको विरुद्ध प्रदर्शन समेत भएको थियो ।

प्रकाशित मिति : ३१ जेठ २०७६, शुक्रबार  १० : ३५ बजे

‘प्रधानमन्त्री कप’ गण्डकी प्रदेशस्तरीय क्रिकेट छनोट बिहीबारदेखि

कास्की – ‘प्रधानमन्त्री कप’ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशस्तरीय

‘गलत निशाना’ का कारण इरानी विद्यालयमा क्षेप्यास्त्रले लागेको अमेरिकाको स्पष्टीकरण

वासिङ्टन – इरानको एक विद्यालयमा ‘गलत निशाना लागेका कारण’ टोमाहक

सवारी दुर्घटनामा एक जनाको मृत्यु

सुनसरी – सुनसरीको कोसी गाउँपालिका–४ मा आज सवारी दुर्घटना हुँदा

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौं – साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो

हिमालयन ह्वाइटवाटर च्यालेन्जको दोस्रो दिन जे देखियो (तस्बिरहरू)

चितवन । त्रिशूली नदीमा जारी २४औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज २०२६