हाजिरी जमानीमा छाडिए प्रनेश गौतम « Khabarhub

हाजिरी जमानीमा छाडिए प्रनेश गौतम


३१ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चलचित्र समीक्षाको विषयलाई लिएर पक्राउ परेका युट्यूबर प्रनेश गौतम हाजिरी जमानीमा रिहा भएका छन् ।

बिहीबार साँझ रिहा भएका गौतमले शुक्रबार प्रहरीमा तारेख बुझाएका छन् ।

महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले गौतम रिहा भएको जानकारी दिए । एसएसपी थापाले प्रहरीको सम्पर्कमा रहने गरी बिहीबार राति ८ बजे रिहा गरिएको बताए ।

चलचित्र ‘वीरविक्रम–२’को समीक्षाको विषयलाई लिएर प्रहरीले गौतमलाई पक्राउ गरेको थियो । समीक्षामार्फत आफ्नो मानहानी गरेको भन्दै चलचित्रका निर्देशक मिलन चाम्सले गौतमविरुद्ध अपराध महाशाखामा उजुरी दिएका थिए ।

महाशाखाले गौतमलाई पक्राउ गरी विद्युतीय अपराध ऐनअन्तर्गत अनुसन्धान अगाडि बढाएको थियो ।

फिल्म समीक्षा गर्दैमा गौतमलाई पक्राउ गरिएको भन्दै प्रहरीको विरुद्ध प्रदर्शन समेत भएको थियो ।

प्रकाशित मिति : ३१ जेठ २०७६, शुक्रबार  १० : ३५ बजे

टिकट नपाए पनि विचलित छैन : झपट रावल

काठमाडौं – नेकपा (एमाले)का केन्द्रीय सदस्य झपट बहादुर रावलले पार्टीको

प्रतिनिधिसभा निर्वाचन : गोकुल बाँस्कोटालाई ओलीले दिएनन् टिकट

काठमाडौँ – नेकपा एमालेकोे आन्तरिक विवाद चर्किँदो छ । पार्टीको

रुख चुनाव चिन्हबाहेक अन्यथा कल्पना गर्न सक्दिनँ : पूर्णबहादुर खड्का

काठमाडौँ – नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रुख

ताप्लेजुङमा एमालेले क्षितिज थेबेलाई उम्मेदवार बनाउने

काठमाडौं – नेकपा एमालेले ताप्लेजुङमा युवा नेता क्षितिज थेबेलाई उम्मेदवार

एमाले र परिवार दलबीच चुनावी सहकार्यको सहमति

काठमाडौं – नेकपा (एमाले) र नेपाल परिवार दलबीच चुनावी सहकार्यमा