गल्तीले सिकाउँछ : निरास नहुनुहोस, नदोहोर्‍याउनुहोस्, सिक्ने अवसरका रुपमा लिनुहोस् « Khabarhub

गल्तीले सिकाउँछ : निरास नहुनुहोस, नदोहोर्‍याउनुहोस्, सिक्ने अवसरका रुपमा लिनुहोस्


३१ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

विद्यालयमा सामान्य विद्यार्थी र शारीरिक रुपमा अशक्त भएरपनि महान बैज्ञानिक स्टिफन हकिङ पुरै युग हाँक्ने बैज्ञानिक थिए । उनको पढाई लेखाई कतिपनि राम्रो थिएन । त्यही कारण उनको भविष्यप्रति शिक्षकहरु समेत चिन्तित थिए । तर, उनै स्टीफन हकिंग पछि प्रशिद्ध वैज्ञानिक बने । यहाँ हामीले उनका केही भनाईहरु उल्लेख गरेका छौं जुन तपाईंको जीवनका लागि उपयोगी बन्न सक्छन् ।

– कुनै नौलो कुरा जे देख्नुहुन्छ त्यसप्रति जिज्ञासा राख्नुहोस् । उत्सुक बन्नुस् ।
– हामीले हाँसो ठट्टा गरेनौं भने साच्चिकै जीवन सारै दुखद हुनेछ ।
– उद्देश्य बिनाको तपाईंको जीवन शुन्य हुनेछ ।
– जीवनमा आउने कठिनाईहरुले नै तपाइलाई सफलता प्राप्त गर्न उर्जा दिन्छ ।
– तपाईं पैतलालाई होइन तारालाई हेर्नुस् ।
– तपाईं सपाङग हो या अपाङ्ग, त्यो तपाईको गल्ती होइन । बरु तपाईभित्र सकारात्मक उर्जा र विचार नहुनुचाहीं तपाईंको गल्ती हो ।
– गल्ती भयो भनेर निरास नबन्नुस्, बिना गल्ती यो धर्तीमा कोही रहनै सक्दैन ।
– म स्कुल पढ्दा कक्षामा सबैभन्दा पढ्न नसक्ने विद्यार्थी थिएँ । मेरो पढाई लेखाइले मेरा गुरुहरुलाई एकदमै निरास तुल्याउँथ्यो । तर, मेरा साथीहरुले मलाई सँधै आइस्टाइनको नामले बोलाउँथे, सायद त्यो नै मेरो जीवनको उत्कृष्ट संकेत थियो ।
– जो मान्छे आफ्नो बुद्धिको विषयमा नचाहिने घमण्ड गर्छ, ऊ हारेको व्यक्ति हो ।
– लोभ र मूर्खताले तपाईं स्वंमलाई नष्ट गर्ने खतरा रहन्छ ।
– म राम्रो विद्यार्थी थिइन त्यसैले कलेजमा धेरै समय बिताउँन सक्दैन थिएँ । तर, म स्वंममा रमाउनमै व्यस्त थिएँ ।
– म बच्चा हुँ, र कहिल्यै ठूलो हुँदिन । किनकी म अहिले पनि कसरी, किन भन्ने प्रश्न बारम्बार गरिरहेको हुन्छु ।
– यो कुरा याद राख्नुस् की विज्ञान केवल तर्कको अनुयायी मात्र होइन, रोमान्स र उत्साह पनि हो ।

प्रकाशित मिति : ३१ जेठ २०७६, शुक्रबार  १० : ३० बजे

कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

फिक्कल– धेरैजसो युवाहरू वैदेशिक रोजगारका लागि परदेश जान्छन् । आफ्नो

अमेरिकाले ४७ वर्षपछि सिरियालाई ‘आतंकवाद प्रायोजन गर्ने राष्ट्र’को सूचीबाट हटायो

काठमाडौं- अमेरिकाले सिरियालाई करिब ४७ वर्षपछि ‘आतंकवाद प्रायोजन गर्ने राष्ट्र’ को

ताल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

नुवाकोट– किस्पाङ पुग्नेहरु ताल्चेको भेडा फार्म नहेरी फर्कँदैनन् ।  यहाँको मनमोहक दृश्यावलोकन

इरानमाथि अमेरिकाको थप प्रतिबन्ध

वासिङ्टन– संयुक्त राज्य अमेरिकाले इरानको सैन्य गतिविधि, खरिद सञ्जाल तथा

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउने एमालेको निर्णय

गण्डकी– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्री