गल्तीले सिकाउँछ : निरास नहुनुहोस, नदोहोर्‍याउनुहोस्, सिक्ने अवसरका रुपमा लिनुहोस् « Khabarhub

गल्तीले सिकाउँछ : निरास नहुनुहोस, नदोहोर्‍याउनुहोस्, सिक्ने अवसरका रुपमा लिनुहोस्


३१ जेष्ठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

विद्यालयमा सामान्य विद्यार्थी र शारीरिक रुपमा अशक्त भएरपनि महान बैज्ञानिक स्टिफन हकिङ पुरै युग हाँक्ने बैज्ञानिक थिए । उनको पढाई लेखाई कतिपनि राम्रो थिएन । त्यही कारण उनको भविष्यप्रति शिक्षकहरु समेत चिन्तित थिए । तर, उनै स्टीफन हकिंग पछि प्रशिद्ध वैज्ञानिक बने । यहाँ हामीले उनका केही भनाईहरु उल्लेख गरेका छौं जुन तपाईंको जीवनका लागि उपयोगी बन्न सक्छन् ।

– कुनै नौलो कुरा जे देख्नुहुन्छ त्यसप्रति जिज्ञासा राख्नुहोस् । उत्सुक बन्नुस् ।
– हामीले हाँसो ठट्टा गरेनौं भने साच्चिकै जीवन सारै दुखद हुनेछ ।
– उद्देश्य बिनाको तपाईंको जीवन शुन्य हुनेछ ।
– जीवनमा आउने कठिनाईहरुले नै तपाइलाई सफलता प्राप्त गर्न उर्जा दिन्छ ।
– तपाईं पैतलालाई होइन तारालाई हेर्नुस् ।
– तपाईं सपाङग हो या अपाङ्ग, त्यो तपाईको गल्ती होइन । बरु तपाईभित्र सकारात्मक उर्जा र विचार नहुनुचाहीं तपाईंको गल्ती हो ।
– गल्ती भयो भनेर निरास नबन्नुस्, बिना गल्ती यो धर्तीमा कोही रहनै सक्दैन ।
– म स्कुल पढ्दा कक्षामा सबैभन्दा पढ्न नसक्ने विद्यार्थी थिएँ । मेरो पढाई लेखाइले मेरा गुरुहरुलाई एकदमै निरास तुल्याउँथ्यो । तर, मेरा साथीहरुले मलाई सँधै आइस्टाइनको नामले बोलाउँथे, सायद त्यो नै मेरो जीवनको उत्कृष्ट संकेत थियो ।
– जो मान्छे आफ्नो बुद्धिको विषयमा नचाहिने घमण्ड गर्छ, ऊ हारेको व्यक्ति हो ।
– लोभ र मूर्खताले तपाईं स्वंमलाई नष्ट गर्ने खतरा रहन्छ ।
– म राम्रो विद्यार्थी थिइन त्यसैले कलेजमा धेरै समय बिताउँन सक्दैन थिएँ । तर, म स्वंममा रमाउनमै व्यस्त थिएँ ।
– म बच्चा हुँ, र कहिल्यै ठूलो हुँदिन । किनकी म अहिले पनि कसरी, किन भन्ने प्रश्न बारम्बार गरिरहेको हुन्छु ।
– यो कुरा याद राख्नुस् की विज्ञान केवल तर्कको अनुयायी मात्र होइन, रोमान्स र उत्साह पनि हो ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७६, शुक्रबार  १० : ३० बजे

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का

दाङमा सराय नाचको रौनक सुरु

घोराही (दाङ)- दाङमा यस वर्षदेखि सराय नाच मेलाको सुरुआत गरिएको