खाली पेट लिची खाँदा बिहारमा ५४ बालबालिकाको मृत्यु « Khabarhub

खाली पेट लिची खाँदा बिहारमा ५४ बालबालिकाको मृत्यु


३१ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पटना– भारतीय राज्य बिहारको मुजफ्फरपुरमा हरेक वर्षजसो गर्मी समयको बेला बालबालिकाहरुमा उच्च ज्वरो देखिन्छ । चिकित्सकका अनुसार एक्यूट इन्सफ्लाइटिस सिन्ड्रोम (एईएस) नामक उक्त रोगका कारण अहिलेसम्म ५४ जना बालबालिकाको मृत्यु भइसकेको छ ।

मुजफ्फुर जिल्लाको श्रीकृष्णा मेडिकल कलेजमा मात्रै ४६ जना बालबालिकाको मृत्यु भएको छ । यस्तै केजरीवाल मातृ सदनमा ८ बालबालिकाको मृत्यु भइसकेको छ ।

यो तथ्याङ्क बिहीबार साँझसम्मको हो । यस वर्षको जनवरी महिनादेखि १ जना ७९ बालबालिका यो रोगका कारण अस्पताल भर्ना थिए ।

रोगको कारक तत्व लिची ?

उपचारमा संलग्न चिकित्सकहरुले एउटा यस्तो विषय पत्ता लगाएका छन्, ५४ जना बालबालिकाको मृत्युको पछाडि लिची नामक फल प्रमुख कारक बनेको छ ।

मृत्यु भएका सबै बालबालिका लिची खाएपछि बिरामी भएका थिए । चिकित्सकका अनुसार खाली पेटमा लिची खानु आफैंमा हानिकारक हुन्छ । बालबालिकाको लागि यो झन खतरानाक हुने चिकित्सकहरुको भनाइ छ ।

यद्यपि यस विषयमा थप अनुसन्धान गर्न र बालबालिकाहरुको मृत्युको कारणबारे छानबिन गर्न केन्द्र सरकारले विशेषज्ञ चिकित्सकको ७ सदस्यीय टोली मुजफ्फपुरमा पठाएको छ ।

विहार सरकारको स्वास्थ्य विभागका अधिकारीहरुले भने सबै बालबालिकाको कारण हाइपोग्लाइसीमिया (शरीरमा अचानक सुगर (चिनी)को कमिका कारण भएको दावी गरेका छन् ।

यसअघिको रिपोर्टमा भने विशेषज्ञहरुले भने लिचीका कारण बालबालिकाहरु बिमारी परेका बताएका थिए । यस्तो पनि भनिन्छ, मुजफ्फपुर क्षेत्रमा फल्ने लिचीमा केही हानिकारक तत्व पनि पाइन्छ ।

धेरै लिची खाँदा मृत्यु

यहाँको प्रमुख कृषि उत्पादन लिची भएको बताइन्छ । जसकारण यहाँका बालबालिका विहानैदेखि खाजाको रुपमा पनि लिची खाने गर्छन् । जसका कारण बालबालिकामा घातक मेटाबोलिक रोगको संक्रमण बढ्छ । लिचीमा मिथाइल साइक्लोप्रोपाइल–ग्लाइसिन (MCPG), नामक एक रसायन पनि पाइन्छ ।

धेरै लामो समयसम्म भोकै बस्दा शरीरमा सुगर लेबल कम भएसँगै लिचीमा पाइने रसायनले मस्तिष्कमा असर गर्छ ।

बिहार सरकारले स्थानीय जनतालाई सचेत गर्दै आफ्ना बालबालिकालाई लिची नखुवाउन अनुरोध समेत गरेको छ ।

प्रकाशित मिति : ३१ जेठ २०७६, शुक्रबार  ११ : ५० बजे

कांग्रेसको विशेष महाधिवेशन : उम्मेदवारको मनोनयन दर्ता बुधबार बिहान हुने

काठमाडाैं – नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी