खाली पेट लिची खाँदा बिहारमा ५४ बालबालिकाको मृत्यु « Khabarhub

खाली पेट लिची खाँदा बिहारमा ५४ बालबालिकाको मृत्यु


३१ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पटना– भारतीय राज्य बिहारको मुजफ्फरपुरमा हरेक वर्षजसो गर्मी समयको बेला बालबालिकाहरुमा उच्च ज्वरो देखिन्छ । चिकित्सकका अनुसार एक्यूट इन्सफ्लाइटिस सिन्ड्रोम (एईएस) नामक उक्त रोगका कारण अहिलेसम्म ५४ जना बालबालिकाको मृत्यु भइसकेको छ ।

मुजफ्फुर जिल्लाको श्रीकृष्णा मेडिकल कलेजमा मात्रै ४६ जना बालबालिकाको मृत्यु भएको छ । यस्तै केजरीवाल मातृ सदनमा ८ बालबालिकाको मृत्यु भइसकेको छ ।

यो तथ्याङ्क बिहीबार साँझसम्मको हो । यस वर्षको जनवरी महिनादेखि १ जना ७९ बालबालिका यो रोगका कारण अस्पताल भर्ना थिए ।

रोगको कारक तत्व लिची ?

उपचारमा संलग्न चिकित्सकहरुले एउटा यस्तो विषय पत्ता लगाएका छन्, ५४ जना बालबालिकाको मृत्युको पछाडि लिची नामक फल प्रमुख कारक बनेको छ ।

मृत्यु भएका सबै बालबालिका लिची खाएपछि बिरामी भएका थिए । चिकित्सकका अनुसार खाली पेटमा लिची खानु आफैंमा हानिकारक हुन्छ । बालबालिकाको लागि यो झन खतरानाक हुने चिकित्सकहरुको भनाइ छ ।

यद्यपि यस विषयमा थप अनुसन्धान गर्न र बालबालिकाहरुको मृत्युको कारणबारे छानबिन गर्न केन्द्र सरकारले विशेषज्ञ चिकित्सकको ७ सदस्यीय टोली मुजफ्फपुरमा पठाएको छ ।

विहार सरकारको स्वास्थ्य विभागका अधिकारीहरुले भने सबै बालबालिकाको कारण हाइपोग्लाइसीमिया (शरीरमा अचानक सुगर (चिनी)को कमिका कारण भएको दावी गरेका छन् ।

यसअघिको रिपोर्टमा भने विशेषज्ञहरुले भने लिचीका कारण बालबालिकाहरु बिमारी परेका बताएका थिए । यस्तो पनि भनिन्छ, मुजफ्फपुर क्षेत्रमा फल्ने लिचीमा केही हानिकारक तत्व पनि पाइन्छ ।

धेरै लिची खाँदा मृत्यु

यहाँको प्रमुख कृषि उत्पादन लिची भएको बताइन्छ । जसकारण यहाँका बालबालिका विहानैदेखि खाजाको रुपमा पनि लिची खाने गर्छन् । जसका कारण बालबालिकामा घातक मेटाबोलिक रोगको संक्रमण बढ्छ । लिचीमा मिथाइल साइक्लोप्रोपाइल–ग्लाइसिन (MCPG), नामक एक रसायन पनि पाइन्छ ।

धेरै लामो समयसम्म भोकै बस्दा शरीरमा सुगर लेबल कम भएसँगै लिचीमा पाइने रसायनले मस्तिष्कमा असर गर्छ ।

बिहार सरकारले स्थानीय जनतालाई सचेत गर्दै आफ्ना बालबालिकालाई लिची नखुवाउन अनुरोध समेत गरेको छ ।

प्रकाशित मिति : ३१ जेठ २०७६, शुक्रबार  ११ : ५० बजे

भरतपुरमा पनि ग्यासको हाहाकार (तस्बिरहरू)

काठमाडौं– खाना पकाउने एलपी ग्यासको सहज आपूर्ति हुन नसक्दा भरतपुरका

हिन्दू राष्ट्रबारे गृहमन्त्रीले सहमति गरे या मागपत्र बुझे ?, १३ बुँदे दस्तावेजले अर्को तरङ्ग

काठमाडौं- जनकपुरधाममा गृहमन्त्री सुधन गुरुङ र संयुक्त हिन्दू मोर्चाबीच भएको

माथिल्लो जुनबेँसी आयोजनाको प्रसारण लाइनबारे सुझाव माग

काठमाडौं– सोलुखुम्बुको माथिल्लो जुनबेँसी खोला जलविद्युत् आयोजनाको विद्युत् प्रसारण लाइन

साउदी युवराजले दिएका थिए इरानमाथि आक्रमण रोक्न ट्रम्पलाई दबाब

काठमाडौं- इरानमाथिको आक्रमण रोक्न साउदी अरेबियाका युवराज तथा प्रधानमन्त्री मोहम्मद

हिन्दू राष्ट्रको मागमा सहमति संविधानविपरीत : सुदन किराती

काठमाडौं- श्रम संस्कृति पार्टीका वरिष्ठ नेता तथा पूर्वमन्त्री सुदन किरातीले