वीर अस्पतालका ११ औं तहका डा ढुण्डीराज पौडेलले दिए राजिनामा « Khabarhub

वीर अस्पतालका ११ औं तहका डा ढुण्डीराज पौडेलले दिए राजिनामा


३१ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वीर अस्पतालका नाक, कान घाँटी विभागका प्रमुख डाक्टर ढुण्डीराज पौडेलले राजिनामा दिएका छन् ।  ३६ वर्षदेखि सरकारी स्वास्थ्य सेवामा कार्यरत डा पौडेलले ५ दिन अघि सरकारलाई राजिनामा पत्र बुझाएका हुन् ।

सरकारी अस्पतालहरुको स्वास्थ्य सेवालाई गुणस्तर बनाउन र सरकारी अस्पतालको सेवा सुधार गर्न पहल गरेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा गुणस्तर बनाउन उदासिन बनेको आरोप लगाउँदै डा पौडेलले राजीनामा दिएका हुन् । उनले दिएको राजिनामा पत्रमा भने सरकारी सेवामा रही काम गर्न इच्छा नभएकाले राजिनामा दिन चाहेको उल्लेख गरेका छन् ।

डा पौडेल ११ औ तहका सरकारी चिकित्सक हुन् । पौडेल नेपाल मेडिकल काउन्सिलको सदस्य पनि हुन् । काउन्सिलमा उनी इथिकल कमिटिको संयोजक हुन् ।

डा पौडेलको राजिनामा मन्त्रीस्तरिय निर्णयबाट स्वीकृत हुनुपनर्छ । यद्यपी उनको राजिनामा स्वीकृत नभइसकेको स्रोतले बतायो ।

डा पौडेलले सरकारी सेवाबाट राजिनामा दिएपछि पनि चिकित्सा क्षेत्रकै सुधारका लागि काम गर्ने वा राजनीतिमा प्रवेस गर्नसक्ने उनी निकट स्रोतले बतायो ।

डा पौडेलले यसअघि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को उपकुलपति पदको लागि पनि आवेदन दिएका थिए । अन्तरर्वार्ताको चरणमा डा पौडेल दोस्रो नम्बरमा प्रतिस्पर्धामा दिए । तर न्याम्सका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले न्याम्सको उपकुलपतिमा डा डिएन शाहलाई नियुक्त गरेका थिए ।

प्रकाशित मिति : ३१ जेठ २०७६, शुक्रबार  ५ : ०० बजे

एमालेको प्रदर्शनमा प्रहरीको लाठीचार्ज

काठमाडौं- नेकपा एमालेको प्रदर्शनमा प्रहरीले लाठीचार्ज गरेको छ । प्रहरीको

ओली पक्राउविरुद्ध पोखरामा पनि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको

अष्ट्रेलियामा इन्धन आयातमा सरकारी ग्यारेन्टी दिने घोषणा

एजेन्सी– मध्यपूर्वमा भइरहेको सङ्घर्षका कारण प्रभावित आवश्यक वस्तुहरूको आपूर्ति सुनिश्चित

गृहमन्त्रीले भने : भीआईपीका नाममा सडकमा नागरिकलाई सास्ती नदिनू

काठमाडौं- गृहमन्त्री सुधन गुरूङले नागरिकलाई सास्ती हुनेगरी मन्त्रीहरूकाे सवारीलाई विशेष

एमालेका पूर्वसांसद् कर्णबहादुर मल्ल पक्राउ

काठमाडौं – नेकपा एमालेका पूर्वसांसद् कर्णबहादुर मल्ल बलात्कार आरोपमा पक्राउ