वीर अस्पतालका ११ औं तहका डा ढुण्डीराज पौडेलले दिए राजिनामा | Khabarhub Khabarhub

वीर अस्पतालका ११ औं तहका डा ढुण्डीराज पौडेलले दिए राजिनामा


३१ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वीर अस्पतालका नाक, कान घाँटी विभागका प्रमुख डाक्टर ढुण्डीराज पौडेलले राजिनामा दिएका छन् ।  ३६ वर्षदेखि सरकारी स्वास्थ्य सेवामा कार्यरत डा पौडेलले ५ दिन अघि सरकारलाई राजिनामा पत्र बुझाएका हुन् ।

सरकारी अस्पतालहरुको स्वास्थ्य सेवालाई गुणस्तर बनाउन र सरकारी अस्पतालको सेवा सुधार गर्न पहल गरेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा गुणस्तर बनाउन उदासिन बनेको आरोप लगाउँदै डा पौडेलले राजीनामा दिएका हुन् । उनले दिएको राजिनामा पत्रमा भने सरकारी सेवामा रही काम गर्न इच्छा नभएकाले राजिनामा दिन चाहेको उल्लेख गरेका छन् ।

डा पौडेल ११ औ तहका सरकारी चिकित्सक हुन् । पौडेल नेपाल मेडिकल काउन्सिलको सदस्य पनि हुन् । काउन्सिलमा उनी इथिकल कमिटिको संयोजक हुन् ।

डा पौडेलको राजिनामा मन्त्रीस्तरिय निर्णयबाट स्वीकृत हुनुपनर्छ । यद्यपी उनको राजिनामा स्वीकृत नभइसकेको स्रोतले बतायो ।

डा पौडेलले सरकारी सेवाबाट राजिनामा दिएपछि पनि चिकित्सा क्षेत्रकै सुधारका लागि काम गर्ने वा राजनीतिमा प्रवेस गर्नसक्ने उनी निकट स्रोतले बतायो ।

डा पौडेलले यसअघि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को उपकुलपति पदको लागि पनि आवेदन दिएका थिए । अन्तरर्वार्ताको चरणमा डा पौडेल दोस्रो नम्बरमा प्रतिस्पर्धामा दिए । तर न्याम्सका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले न्याम्सको उपकुलपतिमा डा डिएन शाहलाई नियुक्त गरेका थिए ।

प्रकाशित मिति : ३१ जेठ २०७६, शुक्रबार  ५ : ०० बजे

पृथकतावादी नेता निज्जरको हत्या आरोपमा तीन भारतीय पक्राउ

काठमाडौं– क्यानडा प्रहरीले एक सिख पृथकतावादी नेताको हत्यामा संलग्न तीन

सुर्ती सेवन नियन्त्रण अभियान सञ्चालन

भक्तपुर– भक्तपुरमा स्वास्थ्य अधिकार तथा सुर्ती सेवान नियन्त्रण अभियान सञ्चालन

निःशुल्क लोकसेवा तयारीका लागि काठमाडौं महानगरको आवेदन आह्वान

काठमाडौं– काठमाडौं महानगरपालिकाले लोकसेवा तयारी कक्षा सञ्चालनका लागि आवेदन आह्वान

गुलियो क्याण्डी बेच्ने भाइको तीतो कथा

मनिस अर्याल/नेपाल फोटो लाइब्रेरी काठमाडौं – वैशाखको चर्को घाम, सायद

आईपीएल : आज रोयल च्यालेन्जर्स र गुजरात भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज रोयल च्यालेन्जर्स बैंगलुरु