लघुवित्त संस्थाको दिगोपनाका लागि मर्जर अति आवश्यक–गभर्नर नेपाल « Khabarhub

लघुवित्त संस्थाको दिगोपनाका लागि मर्जर अति आवश्यक–गभर्नर नेपाल


३१ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपाल राष्ट्र बैंकले मर्जरका लागि तयार रहन सबै लघुवित्त संस्थाहरुलाई सचेत गराएको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले मर्जरका लागि तयार रहन सबै लघुवित्त संस्थाहरुलाई सचेत गराएका हुन् ।

शुक्रबार काठमाडौंमा आयोजित ‘लघुवित्त संस्थाको मर्जर र आवश्यक्ता’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले ग्रामिण क्षेत्रको गरीबी निवारणका लागि आर्थिक गतिविधि बढाउन टेवा पुर्‍याउने उद्देश्यका साथ सुरु गरिएको लघुवित्त संस्थाको दिगोपनाका लागि मर्जर अति आवश्यक भएकाले सुरु गरिएको स्पष्ट पारे ।

गभर्नर नेपालले असार महिना भित्र सबै स्थानीय तहमा बैंक तथा वित्तिय संस्थाहरुको स्थापना गरिसक्ने घोषणा पनि गरे । ७५३ वटा स्थानीय तहमध्ये ७२८ वटा स्थानीय तहमा बैंक तथा वित्तिय संस्थाहरु पुगी सकेको र बाँकि स्थानीय तहमा पनि यही असार भित्र बैंक तथा वित्तिय संस्थाहरुको व्यवस्था गर्ने गभर्नर नेपालको योजना छ ।
कार्यक्रममा बोल्दै नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष रामचन्द्र जोशी लघुवित्त संस्थाहरुलाई पनि मर्जर गर्ने नेपाल राष्ट्र बैंकको कामप्रति पूर्ण समर्थन रहेको बताए। समस्यामा परिरहेका लघुवित्त संस्थाहरुलाई पनि सो मर्जर अभियानले ठूलो राहत दिएको उनको भनाइ छ ।

अध्यक्ष जोशीले लघुवित्त संस्थाहरुलाई कृषि कर्जा प्रवाह गर्न नदिने निर्णय नेपाल राष्ट्र बंंैकले गरेकोमा भने दुःख व्यक्त गरे ।

प्रकाशित मिति : ३१ जेठ २०७६, शुक्रबार  १ : ५८ बजे

पूर्वाधार विकास समितिका अध्यक्ष गजुरेलको केन्द्रीय सदस्यमा उम्मेदवारी, पाँच एजेन्डा अघि सारे

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वाधार विकास समितिका अध्यक्ष

आप्रवासन अदालत परिसरमा पक्राउ नगर्न ट्रम्प प्रशासनलाई अदालतको आदेश

एजेन्सी– अमेरिकाको क्यालिफोर्निया राज्यका एक सङ्घीय न्यायाधीशले ट्रम्प प्रशासनलाई देशभरका

वीरेन्द्रनगर नगरपालिकाको बजेट चार अर्ब ७१ करोड

काँक्रेविहार– कर्णाली प्रदेशको राजधानी रहेको वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्षका

होल्डिङ सेन्टरबाट पनि लखेटिँदै सुकुम्वासी, उचित व्यवस्थापनको विकल्पबिना ठाउँ नछाड्ने अडान

काठमाडौं- कीर्तिपुरको राधास्वामीस्थित होल्डिङ सेन्टरका सुकुम्वासीले दीर्घकालीन समाधानबिना हटाउन खोजिएको