‘प्रेम गीत ३’ को शीर्ष भूमिकामा मनिष राउत फाइनल « Khabarhub

‘प्रेम गीत ३’ को शीर्ष भूमिकामा मनिष राउत फाइनल


३१ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – कलाकार चयनदेखि नै चर्चामा रहेको फिल्म ‘प्रेम गीत ३’ मा शीर्ष अभिनेता सार्वजनिक गरेको छ । निर्माता सन्तोष सेनले यो फिल्ममा मुख्य अभिनेताका रुपमा मनिष राउतलाई डेब्यु गराउने जानकारी दिए ।

यतिबेला नायिकाका लागि फिल्मको अडिसन चलिरहेको छ । आसुसेन फिल्मस् प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्ममा मनिष राउतलाई शीर्ष भूमिकामा अभिनय गराउने निर्माण टिमको घोषणासँगै अभिनेता प्रदीप खड्काको भूमिका कस्तो हुने होला भन्ने धेरैलाई लागेको छ । यद्यपि यो फिल्ममा अभिनेता प्रदीप खड्का पनि रहनेछन् । यसअघि उनी प्रेम गीत प्रेम गीत २ मा पनि थिए ।

चलचित्रमा क्षेत्रमा सङ्घर्षरत मनिष राउत अस्कर इन्टरनेशनलमा अभिनय पढिरहेका विद्यार्थी हुन् । उनले यसअघि लघु–चलचित्रमा अभिनय गरिसकेका छन् । फिल्म टिमले मनिषलाई अनुबन्ध गरेको घोषणासँगै केही तस्वीर पनि शेयर गरेको छ । तस्वीरमा उनलाई पात्रअनुसार देख्न सकिन्छ ।

रोमान्टिक सिरिज भनिएको यो फिल्ममा छेतेङ गुरुङ र मन्दिप गौतमको कथा छ भने निर्देशन छेतेन र निर्माता सन्तोष सेनले गर्नेछन् ।

फिल्मले यसै वर्षको चैत २८ लाई रिलिज मिति तय गरेको छ ।

प्रकाशित मिति : ३१ जेठ २०७६, शुक्रबार  २ : ३३ बजे

सबैभन्दा बलियो प्रतिपक्ष नेपाली जनता हुन् : सभामुख अर्याल

काठमाडौं – प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले अहिलेको निर्वाचनबाट सबैभन्दा

बिस्केट जात्रामा सिसी क्यामरा र ड्रोनबाट निगरानी

भक्तपुर – तान्त्रिक विधिअनुसार भक्तपुरमा नौ दिन आठ रातसम्म भव्य

को बन्ला उपसभामुख ? रास्वपालाई फकाउँदै छन् श्रमसंस्कृति, नेकपा र राप्रपा

काठमाडौं – सभामुख चयन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको

सरकारी कार्यालयको समय बिहान ९ देखि अपराह्न ५ बजेसम्म सोमबारदेखि नै लागू हुने

काठमाडौं – सोमबारदेखि सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरु

स्ट्रेट अफ होर्मुज नखोले इरानलाई नर्क बनाइदिने ट्रम्पको चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिएका