‘प्रेम गीत ३’ को शीर्ष भूमिकामा मनिष राउत फाइनल « Khabarhub

‘प्रेम गीत ३’ को शीर्ष भूमिकामा मनिष राउत फाइनल


३१ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – कलाकार चयनदेखि नै चर्चामा रहेको फिल्म ‘प्रेम गीत ३’ मा शीर्ष अभिनेता सार्वजनिक गरेको छ । निर्माता सन्तोष सेनले यो फिल्ममा मुख्य अभिनेताका रुपमा मनिष राउतलाई डेब्यु गराउने जानकारी दिए ।

यतिबेला नायिकाका लागि फिल्मको अडिसन चलिरहेको छ । आसुसेन फिल्मस् प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्ममा मनिष राउतलाई शीर्ष भूमिकामा अभिनय गराउने निर्माण टिमको घोषणासँगै अभिनेता प्रदीप खड्काको भूमिका कस्तो हुने होला भन्ने धेरैलाई लागेको छ । यद्यपि यो फिल्ममा अभिनेता प्रदीप खड्का पनि रहनेछन् । यसअघि उनी प्रेम गीत र प्रेम गीत २ मा पनि थिए ।

चलचित्रमा क्षेत्रमा सङ्घर्षरत मनिष राउत अस्कर इन्टरनेशनलमा अभिनय पढिरहेका विद्यार्थी हुन् । उनले यसअघि लघु–चलचित्रमा अभिनय गरिसकेका छन् । फिल्म टिमले मनिषलाई अनुबन्ध गरेको घोषणासँगै केही तस्वीर पनि शेयर गरेको छ । तस्वीरमा उनलाई पात्रअनुसार देख्न सकिन्छ ।

रोमान्टिक सिरिज भनिएको यो फिल्ममा छेतेङ गुरुङ र मन्दिप गौतमको कथा छ भने निर्देशन छेतेन र निर्माता सन्तोष सेनले गर्नेछन् ।

फिल्मले यसै वर्षको चैत २८ लाई रिलिज मिति तय गरेको छ ।

प्रकाशित मिति : ३१ जेठ २०७६, शुक्रबार  २ : ३३ बजे

नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छ : मन्त्री साह

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले युरोपेली युनियन (इयू)-भारत

कांग्रेस महाधिवेशनमा आचारसंहिताविपरीत प्रचारप्रसार (तस्बिरहरु)

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशन निर्वाचन समितिले जारी गरेको

‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

काठमाडौँ–  नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई थप

हवाई भाडादरबारे भ्रामक सूचनाको पछि नलाग्न एयरलाइन्सको अनुरोध

काठमाडौँ– बडादसैँ तथा तिहारको समयमा हवाई भाडादरलाई लिएर सार्वजनिक आलोचना