‘प्रेम गीत ३’ को शीर्ष भूमिकामा मनिष राउत फाइनल « Khabarhub

‘प्रेम गीत ३’ को शीर्ष भूमिकामा मनिष राउत फाइनल


३१ जेष्ठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – कलाकार चयनदेखि नै चर्चामा रहेको फिल्म ‘प्रेम गीत ३’ मा शीर्ष अभिनेता सार्वजनिक गरेको छ । निर्माता सन्तोष सेनले यो फिल्ममा मुख्य अभिनेताका रुपमा मनिष राउतलाई डेब्यु गराउने जानकारी दिए ।

यतिबेला नायिकाका लागि फिल्मको अडिसन चलिरहेको छ । आसुसेन फिल्मस् प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्ममा मनिष राउतलाई शीर्ष भूमिकामा अभिनय गराउने निर्माण टिमको घोषणासँगै अभिनेता प्रदीप खड्काको भूमिका कस्तो हुने होला भन्ने धेरैलाई लागेको छ । यद्यपि यो फिल्ममा अभिनेता प्रदीप खड्का पनि रहनेछन् । यसअघि उनी प्रेम गीत र प्रेम गीत २ मा पनि थिए ।

चलचित्रमा क्षेत्रमा सङ्घर्षरत मनिष राउत अस्कर इन्टरनेशनलमा अभिनय पढिरहेका विद्यार्थी हुन् । उनले यसअघि लघु–चलचित्रमा अभिनय गरिसकेका छन् । फिल्म टिमले मनिषलाई अनुबन्ध गरेको घोषणासँगै केही तस्वीर पनि शेयर गरेको छ । तस्वीरमा उनलाई पात्रअनुसार देख्न सकिन्छ ।

रोमान्टिक सिरिज भनिएको यो फिल्ममा छेतेङ गुरुङ र मन्दिप गौतमको कथा छ भने निर्देशन छेतेन र निर्माता सन्तोष सेनले गर्नेछन् ।

फिल्मले यसै वर्षको चैत २८ लाई रिलिज मिति तय गरेको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७६, शुक्रबार  २ : ३३ बजे

भर्‍याङ चढेर कैदी भागेपछि…

गण्डकी– कर्तव्य ज्यान र डाँकासम्बन्धी कसुरमा कास्की कारागारमा जन्मकैदको सजाय

डडेल्धुरामा किबीखेती विस्तार

डडेल्धुरा– डडेल्धुरामा किबीखेती विस्तार हुँदै गएको छ । जिल्लामा किबीखेती

कात्तिक १५ गतेदेखि नागढुङ्गा सुरुङमार्गमा सवारी शुल्क लाग्ने

काठमाडौँ– नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले यही कात्तिक १५ गतेदेखि सुरुङमार्ग

फूलको अग्रिम माग हुन थालेपछि व्यवसायी उत्साहित

कञ्चनपुर– तिहार नजिकिँदै गर्दा फूलको अग्रिम माग आउन थालेपछि कञ्चनपुरका

बुढीगण्डकी बाढीबाट माछाखोलामा करोडौँको क्षति (तस्बिर)

गोरखा– असोज २५ गते आएको बाढीले गोरखाको धार्चे गाउँपालिका–५ स्थित