वेष्ट इन्डिजद्वारा इंग्ल्याण्डलाई २१३ रनको लक्ष्य « Khabarhub

वेष्ट इन्डिजद्वारा इंग्ल्याण्डलाई २१३ रनको लक्ष्य


३१ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मार्क वुड र जोर्फा आर्चरको उत्कृष्ट बलिङमा वेष्ट इन्डिजले इंग्ल्याण्डलाई २ सय १३ रनको लक्ष्य दिएको छ । ‘ह्यामसायर वो’मा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले ४४.४ ओभर खेल्दै सबै विकेट गुमाएर २ सय १२ रन मात्रै बनायो ।

इन्डिजविरुद्ध इंग्ल्याण्डका बलरहरुले कसिलो बलिङ गरे । जसमा वुड र आर्चरले समान ३–३ विकेट लिए । इंग्ल्याण्डविरुद्ध इन्डिजका निकोलास पुरनले सर्वाधिक ६३ रन बनाए । उनले ७८ बलको सामना गर्दै ६३ रन बनाएका हुन् । यस्तै, सिमरन हेटमायरले ३९ रन बनाउँदा ओपनिङ ब्याट्सम्यान क्रिस गेलले ३६ रन, आन्द्रे रसेलले २१ रन र कार्लोस बार्थवेटले १४ रन बनाए ।

इन्डिजविरुद्ध इंग्ल्याण्डका लागि घातक बलिङ गरेका जोर्फा आर्चरले ९ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए भने ६ ओभरमा वुडले १८ रन खर्चेर ३ विकेट लिए । यस्तै, जोइ रुटले २ विकेट लिँदा लिम पुलिनकेट र क्रिस वार्कसले समान एक–एक विकेट लिए ।

प्रकाशित मिति : ३१ जेठ २०७६, शुक्रबार  ६ : ५८ बजे

मध्यपूर्व तनाव कम गर्न मध्यस्थताका लागि चीन इच्छुक

बेइजिङ – चीनका उच्च कूटनीतिज्ञले आइतबार आफ्ना रुसी समकक्षीलाई मध्यपूर्वमा

सबैभन्दा बलियो प्रतिपक्ष नेपाली जनता हुन् : सभामुख अर्याल

काठमाडौं – प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले अहिलेको निर्वाचनबाट सबैभन्दा

बिस्केट जात्रामा सिसी क्यामरा र ड्रोनबाट निगरानी

भक्तपुर – तान्त्रिक विधिअनुसार भक्तपुरमा नौ दिन आठ रातसम्म भव्य

को बन्ला उपसभामुख ? रास्वपालाई फकाउँदै छन् श्रमसंस्कृति, नेकपा र राप्रपा

काठमाडौं – सभामुख चयन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको

सरकारी कार्यालयको समय बिहान ९ देखि अपराह्न ५ बजेसम्म सोमबारदेखि नै लागू हुने

काठमाडौं – सोमबारदेखि सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरु