वेष्ट इन्डिजद्वारा इंग्ल्याण्डलाई २१३ रनको लक्ष्य | Khabarhub Khabarhub

वेष्ट इन्डिजद्वारा इंग्ल्याण्डलाई २१३ रनको लक्ष्य


३१ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मार्क वुड र जोर्फा आर्चरको उत्कृष्ट बलिङमा वेष्ट इन्डिजले इंग्ल्याण्डलाई २ सय १३ रनको लक्ष्य दिएको छ । ‘ह्यामसायर वो’मा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले ४४.४ ओभर खेल्दै सबै विकेट गुमाएर २ सय १२ रन मात्रै बनायो ।

इन्डिजविरुद्ध इंग्ल्याण्डका बलरहरुले कसिलो बलिङ गरे । जसमा वुड र आर्चरले समान ३–३ विकेट लिए । इंग्ल्याण्डविरुद्ध इन्डिजका निकोलास पुरनले सर्वाधिक ६३ रन बनाए । उनले ७८ बलको सामना गर्दै ६३ रन बनाएका हुन् । यस्तै, सिमरन हेटमायरले ३९ रन बनाउँदा ओपनिङ ब्याट्सम्यान क्रिस गेलले ३६ रन, आन्द्रे रसेलले २१ रन र कार्लोस बार्थवेटले १४ रन बनाए ।

इन्डिजविरुद्ध इंग्ल्याण्डका लागि घातक बलिङ गरेका जोर्फा आर्चरले ९ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए भने ६ ओभरमा वुडले १८ रन खर्चेर ३ विकेट लिए । यस्तै, जोइ रुटले २ विकेट लिँदा लिम पुलिनकेट र क्रिस वार्कसले समान एक–एक विकेट लिए ।

प्रकाशित मिति : ३१ जेठ २०७६, शुक्रबार  ६ : ५८ बजे

बागलुङमा सुन्तलाखेतीप्रति आकर्षण बढ्दै

ढोरपाटन– पछिल्लो समय बागलुङमा सुन्तलाखेतीप्रति कृषकको आकर्षण बढ्दै गएको छ

छ वर्षपछि भोजपुर–विराटनगर उडान सुरु

टक्सार– उडान बन्द भएको छ वर्षपछि भोजपुर–विराटनगर पुनःहवाई उडान सुरु

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो १७३ रनको लक्ष्य

काठमाडौं– वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १७३ रनको लक्ष्य दिएको

नेपालगञ्जमा ‘लु’बाट जोगाउन घरदैलो अभियान

खजुरा– नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गतका स्थानीयलाई तातो हावा ‘लु’बाट जोगाउन उपमहानगरले

माओवादीको संसदीय दलको बैठक सिंहदरबारमा

काठमाडौं – नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बसिरहेको छ