वाइडबडी विमान प्रकरणः अख्तियारको कामप्रति नागरिक आयोगको असन्तुष्टि « Khabarhub

वाइडबडी विमान प्रकरणः अख्तियारको कामप्रति नागरिक आयोगको असन्तुष्टि


३१ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वाइडबडी विमान खरिद प्रकरणका सम्बन्धमा छानविन गर्न नागरिक स्तरबाटै गठित नागरिक आयोगले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम कारबाहीप्रति असन्तुष्टि जनाएको छ ।

आयोगले शुक्रबार तयार पारेको प्रारम्भिक छानविन प्रतिवेदन सार्वजनिक गर्दै सो सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम कारबाहीप्रति असन्तुष्टि जनाएको हो ।

अख्तियारले सो प्रकरणका सम्बन्धमा गरिरहेको छानविन औपचारिकतामा मात्रै सीमित भएको निष्कर्ष निकालिएको आयोगका संयोजक सुकुदेव भट्टराई खत्रीले जानकारी दिए ।

प्रतिवेदनमा संघीय संसदबाटै सो प्रकरणका दोषीमाथि कारबाही गर्न पनि माग गरिएको छ । संयोजक खत्रीले संघीय संसदको सार्वजनिक लेखा समितिले दिएको निर्देशन अनुसार सो प्रकरणमा ४ अरव ३५ करोडभन्दा बढी भ्रष्टाचार भएको उल्लेख गर्दै समितिले दोषी ठहर गरेका तत्कालीन मन्त्री रविन्द्र अधिकारी, पर्यटन सचिव, नेपाल वायु सेवा निगमका पदाधिकारीलाई कारबाही गर्नुपर्ने माग पनि सरकारसँग गरेको छ ।
नागरिक स्तरबाट गठन गरिएको सो आयोगले छानविनको क्रममा सरकारी निकायहरुले सहयोग नगरेको गुनासो पनि गरेको छ । त्यसैगरी प्रतिवेदनमा सार्वजनिक लेखा समितिले सरकारलाई बुझाएको सो सम्बन्धी प्रतिवेदन तत्काल सार्वजनिक गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएको छ ।

प्रकाशित मिति : ३१ जेठ २०७६, शुक्रबार  ७ : ५० बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल