वाइडबडी विमान प्रकरणः अख्तियारको कामप्रति नागरिक आयोगको असन्तुष्टि « Khabarhub

वाइडबडी विमान प्रकरणः अख्तियारको कामप्रति नागरिक आयोगको असन्तुष्टि


३१ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वाइडबडी विमान खरिद प्रकरणका सम्बन्धमा छानविन गर्न नागरिक स्तरबाटै गठित नागरिक आयोगले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम कारबाहीप्रति असन्तुष्टि जनाएको छ ।

आयोगले शुक्रबार तयार पारेको प्रारम्भिक छानविन प्रतिवेदन सार्वजनिक गर्दै सो सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम कारबाहीप्रति असन्तुष्टि जनाएको हो ।

अख्तियारले सो प्रकरणका सम्बन्धमा गरिरहेको छानविन औपचारिकतामा मात्रै सीमित भएको निष्कर्ष निकालिएको आयोगका संयोजक सुकुदेव भट्टराई खत्रीले जानकारी दिए ।

प्रतिवेदनमा संघीय संसदबाटै सो प्रकरणका दोषीमाथि कारबाही गर्न पनि माग गरिएको छ । संयोजक खत्रीले संघीय संसदको सार्वजनिक लेखा समितिले दिएको निर्देशन अनुसार सो प्रकरणमा ४ अरव ३५ करोडभन्दा बढी भ्रष्टाचार भएको उल्लेख गर्दै समितिले दोषी ठहर गरेका तत्कालीन मन्त्री रविन्द्र अधिकारी, पर्यटन सचिव, नेपाल वायु सेवा निगमका पदाधिकारीलाई कारबाही गर्नुपर्ने माग पनि सरकारसँग गरेको छ ।
नागरिक स्तरबाट गठन गरिएको सो आयोगले छानविनको क्रममा सरकारी निकायहरुले सहयोग नगरेको गुनासो पनि गरेको छ । त्यसैगरी प्रतिवेदनमा सार्वजनिक लेखा समितिले सरकारलाई बुझाएको सो सम्बन्धी प्रतिवेदन तत्काल सार्वजनिक गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएको छ ।

प्रकाशित मिति : ३१ जेठ २०७६, शुक्रबार  ७ : ५० बजे

मनमोहन प्राविधिक विश्वविद्यालयले भन्यो : सी जिनपिङको पुस्तक जलाइएको छैन

काठमाडौँ– मनमोहन प्राविधिक विश्वविद्यालय मोरङले चिनियाँ राष्ट्रपतिको पुस्तक नजलाइएको दाबी

मीन विश्वकर्माले भने : कांग्रेसमा दुई सभापति छन्

काठमाडौँ– नेपाली कांग्रेसभित्रको विवाद फेरि सतहमा आएको छ । नेता

काबुलको अस्पतालमा भएको आक्रमणको स्वतन्त्र छानबिन गर्न राष्ट्रसंघको माग

काठमाडौं- संयुक्त राष्ट्रसंघले अफगानिस्तानको काबुलस्थित एक अस्पतालमा भएको आक्रमणको स्वतन्त्र

सात देशमा कार्यरत नेपाली श्रमिकलाई पुनः श्रम स्वीकृति दिने निर्णय

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सात देशमा

प्रतिनिधिसभामा ३५ प्रतिशत महिला सांसद

काठमाडौँ– प्रतिनिधिसभा सदस्य निर्वाचनबाट करिब ३५ प्रतिशत महिला प्रतिनिधिसभा सदस्यमा