वैदेशिक रोजगारीको प्रलोभनमा महिला बेचबिखन गर्ने २ जना पक्राउ « Khabarhub

वैदेशिक रोजगारीको प्रलोभनमा महिला बेचबिखन गर्ने २ जना पक्राउ


३१ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले वैदेशिक रोजगारीको आश्वासन दिएर १५ नेपालीलाई बेचविखन तथा ओसारपसार गर्ने दुई जनालाई पक्राउ गरेको छ ।

ब्युरोको टोलीले आकर्षक रोजगारीको प्रलोभन देखाएर विदेश लगेर बेच्ने कार्यमा संलग्न खोटाङका ३६ वर्षीय राहुल थापा र सङ्खुवासभाका ४४ वर्षीय लोकमान राईलाई बिहीबार पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो ।

ब्युरोका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक ईश्वरबाबु कार्कीका अनुसार उनीहरुले रोजगारीको प्रलोभन देखाई रु पाँच लाखदेखि रु आठ लाखसम्म लिएर नयाँ दिल्ली, पाकिस्तान, लिबिया हुँदै युनाइटेड अरब इमिरेट्सको दुबई पुर्‍याई पीडितको राहदानी, नगद तथा प्रवेशाज्ञा खोसेर बन्धक बनाउने कार्यमा संलग्न रहेकाले पक्राउ गरिएको हो ।

पीडितलाई ब्युरोको टोली, लिबियामा शान्ति स्थापनार्थ खटिएका नेपाली सेना र अन्तर्राष्ट्रिय आप्रवासी सङ्गठनको संयुक्त पहलमा नेपाल फिर्ता गरिएको छ । पक्राउ परेकालाई मानव बेचविखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अनुसार कारवाही गरिने ब्युरोले जनाएको छ ।

प्रकाशित मिति : ३१ जेठ २०७६, शुक्रबार  ९ : २६ बजे

हिरासतमुक्त भएलगत्तै हजुरआमाको निधन, गाउँ फर्किए ककरोचका संस्थापक अभिजीत दिप्के

काठमाडौं– ककरोच जनता पार्टीका संस्थापक अभिजीत दिप्के प्रहरी हिरासतबाट मुक्त

रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई दियो २३६ रनको चुनौती

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले क्यानडालाई २३६ रनको

दसैँका लागि ६ स्थानबाट ग्यास वितरण, सिलिन्डर साट्न नपाएको उपभोक्ताको गुनासो 

काठमाडौं– दसैँमा खाना पकाउने एलपी ग्यासको अभाव हुन नदिन काठमाडौं उपत्यकाका

देवी दुर्गाको मूर्ति बनाउन व्यस्त मूर्तिकार

काठमाडौं– ललितपुरको कुपोण्डोलमा मूर्तिकारहरू देवी दुर्गाको मूर्ति बनाउनमा व्यस्त छन्

विश्वकप लिग–२ क्यानडाविरुद्ध रोहित पौडेलले बनाए शतक

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपाली ब्याटर