डोल्पामा पहिरोले ९ जना बेपत्ता « Khabarhub

डोल्पामा पहिरोले ९ जना बेपत्ता


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोल्पा–अविरल वर्षापछि गएको पहिरोले डोल्पामा ९ जना बेपत्ता भएका छन् । मुड्केचुला गाउँपालिकाको वडा नम्बर १,२,३ मा शनिबार दिउँसो पहिरो जाँदा ९ जना बेपत्ता भएका हुन् । एक जनाको मृत्यु भएको डोल्पा प्रहरीले जनाएको छ । पहिरोमा बेपत्ता भएका ४३ वर्षका धनराज बोहराको शव फेला परेको छ ।

बेपत्ता हुनेमा चार बालबालिका छन् । पानीघट्टमा गएका धनरुपा बोहरा, विचित्र बोहोरा, सारिका बस्नेत, निर्मल बोहोरालगायत बेपत्ता भएका छन् ।

पहिरोले ३ घर बगाएको छ । भानुभक्त बोहरा, जंगबहादुर बोहरा, धर्मराज बोहराको घर बगाएको हो ।
पहिरोका कारण स्थानीय २५ घर जोखिममा परेको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए ।

शाहीका अनुसार शनिबार रातिसम्म प्रभावित क्षेत्रमा उद्धार गरिएको र आज (आइतबार) बिहानैदेखि उद्धारमा जुटेको पनि शाहीले बताए ।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  ७ : १० बजे

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना

कागजमा विद्यालय देखाएर साढे सात लाख झ्वाम पार्ने पूर्वमन्त्री भ्रष्टाचारी ठहर

काठमाडौँ- कागजमा मात्रै विद्यालय देखाएर सरकारी रकम भुक्तानी लिएको अभियोगमा

काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक (तस्बिरहरू)

काठमाडौं – काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक बढेको छ ।

लगानी वृद्धि गराउन सरकार प्रयासरत छ : अर्थमन्त्री खनाल

विराटनगर –अर्थमन्त्री रामेश्वर खनालले उद्योग र व्यापारका क्षेत्रमा लगानी वृद्धि