डोल्पामा पहिरोले ९ जना बेपत्ता « Khabarhub

डोल्पामा पहिरोले ९ जना बेपत्ता


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोल्पा–अविरल वर्षापछि गएको पहिरोले डोल्पामा ९ जना बेपत्ता भएका छन् । मुड्केचुला गाउँपालिकाको वडा नम्बर १,२,३ मा शनिबार दिउँसो पहिरो जाँदा ९ जना बेपत्ता भएका हुन् । एक जनाको मृत्यु भएको डोल्पा प्रहरीले जनाएको छ । पहिरोमा बेपत्ता भएका ४३ वर्षका धनराज बोहराको शव फेला परेको छ ।

बेपत्ता हुनेमा चार बालबालिका छन् । पानीघट्टमा गएका धनरुपा बोहरा, विचित्र बोहोरा, सारिका बस्नेत, निर्मल बोहोरालगायत बेपत्ता भएका छन् ।

पहिरोले ३ घर बगाएको छ । भानुभक्त बोहरा, जंगबहादुर बोहरा, धर्मराज बोहराको घर बगाएको हो ।
पहिरोका कारण स्थानीय २५ घर जोखिममा परेको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए ।

शाहीका अनुसार शनिबार रातिसम्म प्रभावित क्षेत्रमा उद्धार गरिएको र आज (आइतबार) बिहानैदेखि उद्धारमा जुटेको पनि शाहीले बताए ।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  ७ : १० बजे

निर्वाचन शान्तिपूर्ण हुँदा निर्वाचन प्रहरी खुसी

चितवन– प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा खटिएका निर्वाचन प्रहरीको बिदाइ

अमेरिकी बम आक्रमणमा मारिएका इरानी छात्राका परिवारलाई चीनले दियो २ लाख डलर

बेइजिङ- चीनले अमेरिकी टोमहक मिसाइल आक्रमणमा मारिएका इरानका १८५ बढी

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण

नारायणगढ– चितवनमा यतिबेला चैते धान रोपाइँको चटारो छ । यहाँ पछिल्ला

निगमले भन्यो- भारतबाट आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू

काठमाडौं– नेपाल आयल निगमले नेपालमा भारतबाट एलपी ग्यास आपूर्तिमा कुनै

नेपाली टिमलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्य लिएको छु : प्रशिक्षक गुग्लिएल्मो एरेना

काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टिमका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लिएल्मो एरेनाले