नेपाली टिमलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्य लिएको छु : प्रशिक्षक गुग्लिएल्मो एरेना « Khabarhub

नेपाली टिमलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्य लिएको छु : प्रशिक्षक गुग्लिएल्मो एरेना


२९ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टिमका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लिएल्मो एरेनाले नेपाली टिमलाई नयाँ उचाइमा पुराउने लक्ष्यका साथ अघि बढ्ने बताएका छन्  ।  

शुक्रबार एन्फा कम्प्लेक्स सातदोबाटोमा सञ्चारकर्मीसँगको अन्तर्क्रियामा नवनियुक्त प्रशिक्षक एरिनाले नेपाली टीममा देखिएको कमीकमजोरीलाई सुधार गर्दै नयाँ उचाइमा पुराउने लक्ष्यका साथ अघि बढ्ने बताएका हुन्।

उनले आफू मुख्य प्रशिक्षकको जिम्मेवारीमा रहँदा राष्ट्रिय टिमलाई साफ च्याम्पियनसिप जिताउने मुख्य लक्ष्य हुने उल्लेख गरे । 

नेपाली खेलाडीहरूमा निकै राम्रो क्षमता आफूले देखेको भन्दै प्रशिक्षक एरिनाले खेलाडीहरूलाई पूर्ण रुपमा तयार पार्ने बताए । हङकङसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलदेखि त्यसपछिका खेलहरूमा राम्रो नजिता आउने उनको विश्वास छ । 

अखिल नेपाल फुटबल संघ (एन्फा)का एरेनालाई एकबर्षका लागि मुख्य प्रशिक्षक नियुक्त गरेको हो । उनले विभिन्न देशका क्लबहरूमा प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका छन् । 

प्रकाशित मिति : २९ फाल्गुन २०८२, शुक्रबार  ४ : १२ बजे

औषधि पसलबाट लागूऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की– पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागूऔषधको कारोबार हुने गरेको

इरानलाई ट्रम्पको चेतावनी- अमेरिकाले फेरि सैन्य आक्रमण गर्न सक्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले

मकवानपुरमा ५२ सवारी दुर्घटना, छ जनाको मृत्यु

बागमती– मकवानपुर जिल्लामा असोज महिनामा ५२ वटा सवारी दुर्घटना भएका

बाजुराको चारवटा वडा सडक सञ्जालको पहुँच बाहिर

बाजुरा– जिल्लाका चारवटा वडामा अझै सडक सञ्जालको पहुँच पुग्न सकेको

बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने 

म्याग्दी– बाढीपहिरो र नदी कटानले क्षतविक्षत बनेको म्याग्दीको बेनी–दरवाङ–मुना सडक