आज पनि भारी वर्षाको सम्भावना, सतर्क रहन सुझाव « Khabarhub

आज पनि भारी वर्षाको सम्भावना, सतर्क रहन सुझाव


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-अविरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित भएको छ । पहाडी तथा हिमाली जिल्लामा पहिरोको जोखिम छ भने तराईका जिल्ला डुबानको चपेटामा परेका छन् । गृहमन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार बाढी पहिरोमा परेर अहिलेसम्म ४३ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा १८ महिला र २५ पुरुष छन् । २४ जना अझै बेपत्ता छन् ।

वर्षाका कारण नदीका सतह बढेका छन् भने स्थानीय साना तिना खहरे खोला पनि उर्लिएका छन् । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (आइतबार) पनि मौसममा बदली हुने र भारी वर्षा हुने सम्भावना छ । मौसमविद बरुण पौडेलका अनुसार मनसुन न्यून चापिय रेखा (Monsoon Trough) मध्य र पूर्वी नेपालको तराई भू-भागमा र पश्चिमी नेपालको पहाडी भू-भाग नजिक छ । त्यस्तै मध्य र पूर्वी नेपाल नजिक एउटा न्यून चापिय क्षेत्र (Low Pressure Area ) कमझोर अवस्थामा छ। यि प्रणालिहरूका कारण मनसुन अझै सक्रिय ( Active) रहे पनि विस्तारै कमजोर हुदै जानेछ। अहिले देशभरका धेरै स्थानमा मनसुनी वर्षा जारी रहेको पनि पौडेलले बताए ।

मौसमविद पौडेलका अनुसार आज (आइतबार) पनि देशभर सामान्य देखि पुर्ण वदलि रही धेरै स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको खासगरि पूर्व र मध्य क्षेत्रका केहि स्थानहरुमा र पश्चिमका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

अझै वर्षा जारी रहने भएकाले सचेत रहन महाशाखाले आग्रह गरेको छ । महाशाखाले जनाए अनुसार पूर्व र मध्य क्षेत्रका पहाडि भू-भागमा पहिरो जान सक्ने र पूर्वी, मध्य, र पश्चिमी तराई क्षेत्रका नदिहरुमा जलको वहाव र स्तर हल्का वढन सक्ने भएकोले सामान्य सतर्कता अपनाउनुपर्ने देखिन्छ। साथै, देशभर बिशेषतः हवाई तथा सडक यातायातमा समेत वर्षा र कम भिजिविलिटिका कारण सामान्य अवरोध आउने सक्ने भएकोले सामान्य सतर्कता अपनाउनुपर्ने देखिन्छ।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  ७ : २० बजे

निर्वाचन शान्तिपूर्ण हुँदा निर्वाचन प्रहरी खुसी

चितवन– प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा खटिएका निर्वाचन प्रहरीको बिदाइ

अमेरिकी बम आक्रमणमा मारिएका इरानी छात्राका परिवारलाई चीनले दियो २ लाख डलर

बेइजिङ- चीनले अमेरिकी टोमहक मिसाइल आक्रमणमा मारिएका इरानका १८५ बढी

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण

नारायणगढ– चितवनमा यतिबेला चैते धान रोपाइँको चटारो छ । यहाँ पछिल्ला

निगमले भन्यो- भारतबाट आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू

काठमाडौं– नेपाल आयल निगमले नेपालमा भारतबाट एलपी ग्यास आपूर्तिमा कुनै

नेपाली टिमलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्य लिएको छु : प्रशिक्षक गुग्लिएल्मो एरेना

काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टिमका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लिएल्मो एरेनाले