पत्याउनुहुन्छ ? एउटा कचौराकै मूल्य साढे ५४ करोड ! « Khabarhub

पत्याउनुहुन्छ ? एउटा कचौराकै मूल्य साढे ५४ करोड !


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हालै स्वीटजरल्याण्डको एक दम्पतीले पुरानो कचौरा ५४ करोड ४० लाखमा विक्री गरेका छन् । ती दम्पतीले घरमा टेनिस बल राख्न प्रयोग गर्दै आएको कचौरा बेचेर उक्त पैसा आम्दानी गरेका हुन् ।

उनीहरूले सुरूमा कचौरा बेचेर यति धेरै रकम प्राप्त गर्ने सोचेका थिएनन् । चीनको भ्रमण गर्दा खरिद गरेको सो कचौरा १७ औँ सताब्दीको भएको उनीहरूले बताएका छन् ।

कचौरा देखेर चकित भएका लिलामी विशेषज्ञहरूले दुर्लभ भएको जानकारी पाए । सुरुमा एक जना मानिसले कचौरा देखेर आश्चर्यचकित भएका थिए ।

सुरुमा ती दम्पतीले बर्लिन संग्रहालयलाई कचौरा राख्न प्रस्ताव गरेका थिए । तर संग्रहालयका अधिकारीहरूले सो प्रस्ताव अस्वीकार गरे पछि उनीहरूले त्यो कचौरोलाई लिलामीका लागि ब्रिटिश कम्पनीलाई तस्वीर पठाएका थिए ।

त्यहाँ पनि कम्पनीले लिलामी नगर्ने जानकारी दियो । दुई प्रस्ताव अस्वीकार भएपछि ती दम्पतीले कचौरामा टेनिस बल राख्दै आएका थिए ।

पछि स्विजरल्याण्डमा भएको लिलामी अक्सनमा राखेपछि त्यो कचौरोको ५४ करोड ४० लाख रूपैयाँमा बिक्री भएको थियो । त्यो कचौरो चिनियाँ नागरिकले किनेका थिए । पित्तलबाट बनेको कचौराको दुवैतर्फ ‘फिनिक्स हेड’ रहेको छ ।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  ७ : ४७ बजे

रसुवा बाढी : उच्चस्तरीय संयन्त्रसँगै संसदीय समिति पनि गठन हुने 

काठमाडौं– रसुवा बाडीलाई लिएर उच्चस्तरीय राजनीति संयन्त्रसँगै संसदीय समिति पनि

जलवायु परिवर्तनले विश्वको पानी चक्र अनियमित बन्दै : डब्लुएमओ

जेनेभा– विश्वमा पानीको चक्र झन् अनियमित बन्दै गएको संयुक्त राष्ट्रसङ्घले

अब्बासलाई महासभामा सहभागी हुन अमेरिकाले दिएन भिसा

एजेन्सी– संयुक्त राज्य अमेरिकाले प्यालेस्टिनी प्राधिकरणका अध्यक्ष महमुद अब्बासलाई अर्को

भोटेकोशी बाढी : १ हजार ४ सय ९ जनाको शव भेटियो

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बिहीबार बिहान ११ बजेसम्म

राष्ट्रपतिसमक्ष अख्तियारको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष