विश्वकपको उपाधीका लागि इंग्ल्याण्ड र न्युजिल्याण्ड भिड्दै « Khabarhub

विश्वकपको उपाधीका लागि इंग्ल्याण्ड र न्युजिल्याण्ड भिड्दै


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जारी १२ औँ संस्करणको आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधी भिडन्त आज (आईतबार) हुदैँछ । अहिलेसम्म विश्वकपको उपाधी जित्न नसकेको घरेलु टोली इंग्ल्याण्ड र न्युजिल्याण्डबीच यसपटक उपाधीका लागि भिडन्त हुदैँछ । यी दुवै टोलीले फाइनलमा स्थान बनाएसँगै एकदिवसीय विश्वकप जित्ने नयाँ च्याम्पियन थपिने भएको छ ।

विश्वकपको फाईनल खेल इंग्ल्याण्डस्थित लड्स मैदानमा नेपाली समय अनुसार दिउँसो सवा ३ बजेबाट शुरु हुनेछ । आयोजक इंग्ल्याण्डलाई पहिलो पटक विश्वकपको उपाधी घरमै राख्ने सुनौलौ मौका छ ।

यसअघि तीन पटक फाइनलमा पुगेपनि इंग्ल्याण्ड अभागी सावित भएको थियो । यता, गत संस्करणको उपविजेता न्युजिल्याण्डले पनि अहिलेसम्म विश्वकपको उपाधिको स्वाद चाख्न पाएको छैन । त्यसैले न्युजिल्याण्ड पनि विश्वकपको उपाधी जित्ने टोलीहरुमा आफ्नो नाम दर्ज गराउन चाहन्छ ।

जारी विश्वकपको पहिलो सेमिफाइनलमा उपाधी दाबेदार भारतलाई १८ रनले पराजित गर्दै न्यूजिल्याण्डले लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको थियो ।

यता, दोस्रो सेमिफाइनलमा पाचँ पटकको विश्व च्याम्पियन अष्ट्रेलियालाई ८ विकेटले हराउँदै घरेलु टोली इंग्ल्याण्डले उपाधीका लागि न्युजिल्याण्डसँगको भेट पक्का गरेको थियो । यी दुई टोलीबीचको फाईनल खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  ७ : ४१ बजे

बेनी–जोमसोम–कोरला सडक : कुनौटामा मार्ग छिचोलियो

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको चीन

केही भूभागमा चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज बिहान १० बजेदेखि मतदान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको