नेपाल र मलेसियाबीचको खेल जारी « Khabarhub

नेपाल र मलेसियाबीचको खेल जारी


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मलेसिया भ्रमणमा रहेको नेपालको राष्ट्रिय क्रिकेट टिमले अहिले घरेलु टोली मलेसियासंग दोस्रो तथा अन्तिम टी–ट्वान्टी अन्तराष्ट्रिय खेल खेल्दैछ ।

मलेसियाको किनरारा ओभलमा टस जितेको नेपालले ब्याटिङ गरिरहेको छ ।

नेपालले दोस्रो खेलमा दुई खेलाडी परिवर्तन गरेको छ । प्रदिप ऐरी र बसन्त रेग्मी टिमबाहिर रहेका छन् । यस्तै पवन सर्राफ र अभिनाश बोहरा टिममा परेका छन् ।

दुई खेलको टी–ट्वान्टी सिरिज खेल्न मलेसिया पुगेको नेपाललाई दोस्रो खेलमा समेत जित निकाल्दै सिरिज ‘क्लिन स्विप’ गर्ने ऐतिहासिक अवसर छ ।

पहिलो खेलमा नेपालले मलेसियालाई ७ विकेटले हराएको थियो । कप्तान पारसले अविजित रहदै ७६ रनको अर्धशतकिय ईनिङ्स खेलेपछि नेपालले सहज जित निकालेको थियो । पारसले ५० बलमा ८ चौका र ५ छक्का प्रहार गरेका थिए । ओपनरको रुपमा आएका उनले ३२ बलमा ५० रन पुरा गरेका थिए ।

आईसीसीबाट टी–ट्वान्टी अन्तराष्ट्रिय मान्यता प्राप्त गरेपछि नेपाललले पहिलो पटक युईएविरुद्वको सिरिज २–१ ले जितेको थियो । आईतबार मलेसियालाई हराउँदै ऐतिहासिक सिरिज ‘क्लिनस्वीप’ गर्ने अवसर नेपाल सामु रहेको छ ।

सिंगापुरमा हुने आईसीसी टी–ट्वान्टी विश्वकप एसिया फाईनलको तयारीका लागि नेपालले मलेसियासंग दुई खेलको टी–ट्वान्टी सिरिज खेलेको हो ।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  ८ : ५५ बजे

कांग्रेसमा इतर पक्षसँग किचलो बढ्दै जाँदा क्रियाशील सदस्यता खारेज नगरिएको संस्थापनको जवाफ

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेले पार्टीको

नेपालमा घरजग्गा कारोबार : मूल्यमा बागमती र क्षेत्रफलमा मधेश अगाडि

काठमाडौं– पछिल्ला वर्षहरूमा नेपालमा घरजग्गा कारोबारमा मूल्यमा बागमती प्रदेश र

रातो मच्छिन्द्रनाथको रथ धमाधम बनाइँदै (तस्बिरहरू)

काठमाडौं– नेपालकै सबैभन्दा लामो जात्राका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथयात्रा

ओलीको स्वास्थ्यअवस्था स्थिर, शल्यक्रियापछि आईसीयूमा राखेर निगरानी

काठमाडौं- त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका

एक वर्षमा ७ हजार ७ सय १६ विपद्का घटना : ४ सय ९६ जनाको मृत्यु, १३ हजार परिवार प्रभावित 

काठमाडौं– एक वर्षमा देशभर भएका विभिन्न बिपद्का घटनमा परी  ४