अस्पतालबाट बिमलाले बच्चा चोर्नुको रहस्य खुल्यो « Khabarhub

अस्पतालबाट बिमलाले बच्चा चोर्नुको रहस्य खुल्यो


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत सोमबार लुम्बिनी मेडिकल कलेज प्रभासबाट एक नाबालक  चोरेर फरार भएकी विमला पाण्डेलाई प्रहरीले बच्चासहित स्याङ्जाबाट नियन्त्रणमा लियो ।

बच्चा चोरेर भागेकी गल्याङ नगरपालिका वडा नम्बर–५, मोहनडाँडाकी विमला पाण्डेलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान जारी राखेको छ । पाण्डे र शिशुलाई कालीगण्डकी गाउँपालिका वडा नम्बर–७, मा रहेको नेपाल विद्युत प्राधिकरणको सरकारी आवासबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

उनी प्राधिकरणमा नै ज्यालादारीमा काम गर्ने गर्थिन् । उनले गत शुक्रबार दिउँसो ३ बजे तानसेन–९, मदनपोखराकी जमुना रानाको बच्चा चोरेर भागेकी थिइन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटासहितको टोलीलेउनलाई नियन्त्रणमा लिएको हो । बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले जनाए अनुसार बिमलाले झण्डै ८–९ महिना अघिदेखि आफू गर्भवती भएको बताउँदै आएकी थिइन् । उनका छिमेकीहरुले पनि उनी गर्भवती भएको विश्वास गरेका थिए । किनकि छिमेकीहरुले उनको पेट बढेको देखेका थिए ।

उनले पेटमा कपडा राखेर बढाएकी थिइन् । उनले विदेश गएका श्रीमानलाई पनि आफू गर्भवती भएको बताएकी थिइन् । उनले सबैलाई आफू गर्भवती भएको भने पनि उनी वास्तवमा गर्भवती भने थिइनन् । सम्भवतः उनले दोस्रो बिहे गरेका श्रीमानबाट सम्पत्तिको हकदार आफूसँग भएपछि सम्पत्ति हात पार्न सकुँ भन्ने उद्देश्यले आफू गर्भवती भएको बताएको हुनसक्ने प्रहरीको अनुमान छ ।

गर्भवती भएको हल्ला चलाएकी बिमलाको यो हल्लालाई वास्तविकतामा परिणत गर्ने उपायका लागि उनले लामो समयदेखि यो फिम्ली शैलीको नाटक रचेको हुनसक्ने प्रहरीले बताएको छ । उनले समाजमा चलाएको हल्लाअनुसार बच्चा जन्मिने बेला भइसकेको थियो, तर उनी गर्भवती नै थिइनन् । त्यसैले आफू गर्भवती भएको र बच्चा जन्माएको प्रमाणित गर्न उनी बच्चाको खोजी गर्दै केहीदिन अघि अस्पताल पुगेकी थिइन् ।

उनी ४–५ दिनदेखि अस्पतालको सुत्केरी वार्डमा बसिरहेको त्यहाँ भएका बिरामी र कुरुवाहरुले बताएअनुसार उनी त्यहाँ बच्चा चोर्ने नियतले नै आएकी थिइन् । उनले बच्चा चोर्ने उचित मौका नपाउँदासम्म दाउ हेर्दै झण्डै ४ दिन बसिन् । जब मौका पाइन्, उनी बच्चा लिएर फरार भइन् ।

अन्दाजी ५० वर्षीया पाण्डेका यसअघि नै दुई छोरा र दुई छोरी रहेका छन् भने पहिलो श्रीमान बितेपछि उनले दोस्रो विवाह गरेकी थिइन् । उनका हालका श्रीमान वैदेशिक रोजगारीमा रहेका छन् ।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  १० : १६ बजे

आलु उत्पादनअघि नै बजार सुनिश्चित, किसान उत्साहित

कञ्चनपुर– आलु बिक्रीको सुनिश्चितता भएपछि कञ्चनपुरका किसान खुसी भएका छन्

रास्वपा कार्यालयमा गृहमन्त्री, विभिन्न घटनाका पीडितको भिड (तस्बिरहरू)

काठमाडौं- नागरिकको गुनासो सुन्ने कार्यक्रमअन्तर्गत गृहमन्त्री सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र

कस्ता थिए संसद्को रेकर्डबाट हटाइएका इन्दिरा र बादलका शब्दहरू ?

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले नेकपा एमाले संसदीय दलका नेता रामबहादुर

कांग्रेसले भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आगामी