बाढी र पहिरोका कारण देशभरका १५ वटा सडकमा आवागमन ठप्प « Khabarhub

बाढी र पहिरोका कारण देशभरका १५ वटा सडकमा आवागमन ठप्प


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एक हप्तादेखि जारी अबिरल वर्षासँगैको बाढी र पहिरोका कारण अहिलेसम्म ४८ जनाले ज्यान गुमाइसकेका छन् । बाढी र पहिरोमा परेर ३५ जना बेपत्ता छन् ।

प्रहरीका अनुसार बाढी र पहिरोका कारण जनधनको क्षतिसँगै विभिन्न ठाउँमा सडक पनि अवरुद्ध भएका छन् ।

बाढी र पहिरोका कारण धेरै ठाउँका सडकमा अवरोध पु¥याएका कारण आफूले यात्रा गर्नुपूर्व सडकको अवस्थाबारे जानकारी लिन पनि प्रहरीले अनुरोध गरेको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार अहिले देशभर करिब १५ ठाउँका सडक बाढी र पहिरोका कारण ठप्प छन् ।

प्रहरीका अनुसार बाढी र पहिरोका कारण ठप्प रहेका सडकहरु निम्नानुसार छन्;

मुस्ताङ: २७ गते १५:३० बजेबाट मुस्ताङ थासाङ गाउँपालिका–४ घोप्टेभिरमा कालीगण्डकी नदीको पानीको बहाव पढी बेनी जोमसोङ जाने सडक  अवरुद्ध
मनाङ: २७ गते ०६:०० बजेबाट नासो गाउँपालिका– १ म्यादीखोलामा पानीको बहाव बढी बेसिसहर मनाढ सडक अवरुद्ध
उदयपुर: २७ गते १४:०० बजेबाट खोटाङ नगरपालिका– १४ धुर्मी कटारी सडक खण्डको भदौरे खोलामा बाढी आई अवरुद्ध
उदयपुर: २८ गते १५:०० बजेबाट साउनेबाट फोक्सिनटार जाने सडक अवरुद्ध
ओखलुढुंगा: २७ गते १४:०० बजेबाट मानेभन्ज्याङ गाउँपालिका–७ सिद्धिचरण राजमार्ग बाढीले अवरुद्ध
ललितपुर: २७ गते ०५:०० बजेबाट भट्टेडाँडा आग्राङ टुङगुन जाने शान्ति लोकपथ हेटौ‌ंडा जाने सडक खण्ड अवरुद्ध
मकवानपुर: २६ गते ०८:४० बजेबाट ईन्द्रसरोबर गाउँपालिका– ५ महालक्ष्मी खोलानजिक पहिरो आइ फाखेल हुँदै काठमाण्डौं आउने सडक खण्ड अवरुद्ध
मकवानपुर: २७ गते १४:०० बजेबाट ईन्द्रसरोबर गा.पा.२ र ३ स्थित सिस्नेरी फर्पिङ जाने सडक खण्ड अवरुद्ध
रामेछाप: २८ गते १४:०० बजेबाट मन्थली न.पा. ६ सेलेघाट भन्ने स्थानमा पहिरो आइ मन्थलीबाट काठमाडौं आउने सडक खण्ड अवरुद्ध
भोजपुर: २८ गते ०५:०० बजेबाट भोजपुर न.पा. १० स्थित गजुरमुखी भिरमा पहिरो गई भोजपुर धनकुटा सडक खण्ड अवरुद्ध
धनकुटाट: २८ गते १३:०० बजेबाट पाख्रिबास न.पा. ५ स्थित हिले भोजपुर सडक खण्ड पहिरो गई अवरुद्ध
रौतहट: २८ गते १४:०० बजेबाट चपुरबाट गौर सडक खण्ड अवरुद्ध
महोत्तरी: २८ गते १३:०० बजे जनकपुरबाट जलेश्वर जाने सडकखण्ड अवरुद्ध
पाल्पा: २८ गते १५:०० बजेबाट तिनाउ गा.पा.३ सिद्धबाबा नजिक पहिरो गई सिदार्थ राजमार्ग अवरुद्ध
कालिकोट: २८ गते २०:३० बजेबाट सुभकालिका गा.पा-१ स्थित गगने खोलामा पहिरो खसी सुर्खेत-कालिकोट-जुम्ला जोड्ने कर्णाली राजमार्ग अवरुद्ध

 

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  १२ : ०१ बजे

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी पूर्वउपकुलपति भण्डारी धरौटीमा रिहा

काठमाडौँ- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी पूर्वउपकुलपति डा. संगीता सिंह भण्डारी

फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गर्न दलहरुलाई आयोगको निर्देशन

काठमाडौँ- निर्वाचन आयोगले आसन्न निर्वाचनलाई केन्द्रित घोषणापत्र सार्वजनिक गर्न मितिनै

कांग्रेसले चुनावी घोषणापत्र होइन, प्रतिज्ञापत्र ल्याउँछ : सभापति थापा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले फागुन २१ गतेको प्रतिनिधिसभा

‘तयारीबिनाका आयोजनाले वित्तीय प्रणालीमा चुनौती’

काठमाडौं- अर्थमन्त्री रामेश्वर खनालले सरकारले बजेट तर्जुमा गर्दा सम्बन्धित मन्त्रालयहरूले

नेपालमा कतारी लगानी भित्र्याउनेबारे गभर्नर पौडेलसँग छलफल

काठमाडौं – नेपालमा वैदेशिक लगानीका लागि विद्यमान कानुनी व्यवस्था, बैंकिङ