दक्षिण कोरियामा न्युनतम पारिश्रमिक बढ्यो, ३३ लाख विदेशी श्रमिक लाभान्वित « Khabarhub

दक्षिण कोरियामा न्युनतम पारिश्रमिक बढ्यो, ३३ लाख विदेशी श्रमिक लाभान्वित


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दक्षिण कोरिया सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको छ । नयाँ पारिश्रमिकअनुसार श्रमिकले सन् २०२० का लागि प्रतिघण्टा ८ हजार ५ सय ९० वन (७.३२ डलर) पाउने तलब बृद्धि भएको छ । यस वर्षको न्यूनतम ज्याला प्रतिघण्टा ८ हजार ३ सय ५० वन थियो ।

यो सँगै कोरियामा कार्यरत करिब ४४ हजार कामदार लाभान्वित भएका छन् । हाल कोरियामा करिब ईपीएसमार्फत् कोरिया आएर कार्यरत ३३ लाखभन्दा बढी विदेश कामदार रोजगारीमा कार्यरत छन् । ज्याला वृद्धि भएसँगै साताको न्यूनतम ४० घण्टा नघटाई मासिक मासिक २ सय ९ घण्टा काम गर्ने श्रमिकले १७ लाख ९५ हजार ३ सय १० वन अर्थात् १ लाख ६६ हजार ७ सय ७१ रुपैयाँ तलब पाउने छन् ।

सरकार, मजदुर संगठन र व्यवसायीका प्रतिनिधिबीच गत शुक्रबार भएको लामो छलफलपछि तलबवृद्धिको निर्णय भएको थियो ।

उद्योग र कृषि तथा पशुपालन भिसाबाहकका लागि कामादार र सञ्चालकबीच आपसी समझदारीमा ज्याला तय हुने छ । आप्रवासी कामदारको न्यूनतम ज्यालाबाट रोजगारदाताले खाना तथा बसोबासका लागि २० प्रतिशत कटौती गर्न पाउने व्यवस्थासमेत लागू भएको छ ।

एसियाका १७ देशका युवाका लागि रोजगारीको आकर्षक गन्तव्य देश मानिएको कोरियामा प्रत्येक वर्ष हुँदै आएको तलब वृद्धिले यी देशबाट रोजगारीका लागि त्यहाँ गएका कामदार उत्साहित हुने भएका छन् । कोरियाली राष्ट्रपति मुन जाय–इनले राष्ट्रपतीय चुनावी अभियानका क्रममा सन् २०२० सम्म मजदुरको न्यूनतम ज्याला प्रतिघण्टा १० हजार वन बृद्धि गर्ने घोषणा गरेपनि कममात्र बृद्धि गरिएको छ ।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  १२ : १६ बजे

नेपाली कांग्रेस महाधिवेशन : सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना अन्तिम तयारी

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत भइरहेको मतगणनाको क्रममा

सलमान खानले सुरु गरे आफ्नै युट्युब च्यानल

काठमाडौं– पर्दामा एक्सन, रोमान्स र दमदार संवादका लागि चिनिने बलिउड

बुढीगण्डकी बाढी : ५ जना सम्पर्कविहीन, ४७ जनाको हेलिकोप्टरबाट उद्धार

काठमाडौं– बुढीगण्डकी नदीमा आइतबार बिहान आएको बाढीले ठूलो क्षति पुर्‍याएको

बूढीगण्डकीमा बाढी : ४७ जनाको उद्धार, ५ जना सम्पर्कविहीन

काठमाडौँ – गोरखाको चुमनुब्री गाउँपालिका–६ लोक्पादेखि चुम्लिङको बीचमा ठूलो पहिरो

बूढीगण्डकी बाढीमा फसेकाको हेलिकोप्टरमार्फत उद्धार

गोरखा– बूढीगण्डकी नदीमा आएको बाढीमा परेर अलपत्र परेकाहरूको हेलिकोप्टरमार्फत उद्धार गरिएको