दक्षिण कोरियामा न्युनतम पारिश्रमिक बढ्यो, ३३ लाख विदेशी श्रमिक लाभान्वित | Khabarhub Khabarhub

दक्षिण कोरियामा न्युनतम पारिश्रमिक बढ्यो, ३३ लाख विदेशी श्रमिक लाभान्वित


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दक्षिण कोरिया सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको छ । नयाँ पारिश्रमिकअनुसार श्रमिकले सन् २०२० का लागि प्रतिघण्टा ८ हजार ५ सय ९० वन (७.३२ डलर) पाउने तलब बृद्धि भएको छ । यस वर्षको न्यूनतम ज्याला प्रतिघण्टा ८ हजार ३ सय ५० वन थियो ।

यो सँगै कोरियामा कार्यरत करिब ४४ हजार कामदार लाभान्वित भएका छन् । हाल कोरियामा करिब ईपीएसमार्फत् कोरिया आएर कार्यरत ३३ लाखभन्दा बढी विदेश कामदार रोजगारीमा कार्यरत छन् । ज्याला वृद्धि भएसँगै साताको न्यूनतम ४० घण्टा नघटाई मासिक मासिक २ सय ९ घण्टा काम गर्ने श्रमिकले १७ लाख ९५ हजार ३ सय १० वन अर्थात् १ लाख ६६ हजार ७ सय ७१ रुपैयाँ तलब पाउने छन् ।

सरकार, मजदुर संगठन र व्यवसायीका प्रतिनिधिबीच गत शुक्रबार भएको लामो छलफलपछि तलबवृद्धिको निर्णय भएको थियो ।

उद्योग र कृषि तथा पशुपालन भिसाबाहकका लागि कामादार र सञ्चालकबीच आपसी समझदारीमा ज्याला तय हुने छ । आप्रवासी कामदारको न्यूनतम ज्यालाबाट रोजगारदाताले खाना तथा बसोबासका लागि २० प्रतिशत कटौती गर्न पाउने व्यवस्थासमेत लागू भएको छ ।

एसियाका १७ देशका युवाका लागि रोजगारीको आकर्षक गन्तव्य देश मानिएको कोरियामा प्रत्येक वर्ष हुँदै आएको तलब वृद्धिले यी देशबाट रोजगारीका लागि त्यहाँ गएका कामदार उत्साहित हुने भएका छन् । कोरियाली राष्ट्रपति मुन जाय–इनले राष्ट्रपतीय चुनावी अभियानका क्रममा सन् २०२० सम्म मजदुरको न्यूनतम ज्याला प्रतिघण्टा १० हजार वन बृद्धि गर्ने घोषणा गरेपनि कममात्र बृद्धि गरिएको छ ।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  १२ : १६ बजे

रौतहटमा मेला उद्घाटन गर्ने विषयमा विवाद हुँदा झडप, पाँचजना घाइते

रौतहट – रौतहटको देवाहीगोनाही नगरपालिकामा मेला उद्घाटन गर्ने विषयलाई लिएर

विप्लव भन्छन् : युवामा निराशा बाँडेर पुँजीवादीले फाइदा उठाउँदैछन्

कर्णाली – नेपाल कम्युनिष्ट पाटीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले युवा

इलाममा दुईवटा बेलिब्रिज निर्माण, स्थानीयलाई राहत

इलाम –इलाममा एक वर्षमा दुईवटा बेलिब्रिज निर्माण गरिएका छन् ।

चन्द्रनहरमा डुबेर एक जनाको मृत्यु

सप्तरी – जिल्लाको कञ्चनरुप नगरपालिका–८ चाँदनी चोक नजिक चन्द्रनहरमा डुबेर

तनहुँ जलविद्युत् आयोजना समयमा सम्पन्न गर्न सहजीकरण गर्छौं : मुख्यमन्त्री पाण्डे

तनहुँ – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तनहुँ जलविद्युत् आयोजना