बाढी पहिरोपीडितको उद्धार तथा राहतमा जुट्न कार्यकर्तालाई विप्लवको निर्देशन « Khabarhub

बाढी पहिरोपीडितको उद्धार तथा राहतमा जुट्न कार्यकर्तालाई विप्लवको निर्देशन


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अविरल वर्षापछिको बाढी पहिरो पीडितको उद्धार तथा राहतमा जुट्न पार्टी कार्यकर्तालाई निर्देश दिएको छ ।

एक विज्ञप्ति जारी गर्दै पार्टी महासचिव नेत्रविक्रम चन्द विप्लवले बाढीपहिरोको प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारजनप्रति सहानुभूति व्यक्त गरेको छ ।

मृतकका परिवारलाई अल्पकालीन, दीर्घकालीन, क्षतिको उचित राहत उपलब्ध गराउन र घरबास गुमेकालाई बास र रोजगारीको व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेको छ ।

प्रकृतिमाथिको अराजक, अनियन्त्रित दोहन, राज्यको पूर्व तयारीको अभाव, भारतसँग भएका असमान सन्धि सम्झौता, नेपाल भारत सीमानामा बनेका बाँध तटबन्धन र अन्तर्राष्ट्रिय कानून विपरित नेपाल भारत सीमानसँग टाँसिउर बनाइएका विशाल सडकहरुका कारण प्राकृतिक प्रकोपमा परी गरीब जनताले ठूलो जनधनको क्षति व्यहोर्न परेको विप्लवले जनाएका छन् ।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  १२ : ५५ बजे

जासुसीमा एआईको बढ्दो प्रयोग

सन फ्रान्सिस्को- चीन, इरानलगायत देशसँग सम्बन्धित राज्य समर्थित समूहहरूले जातीय

सार्वजनिक यातायात क्षेत्रमा नीतिगत रूपान्तरणको प्रक्रिया अघि बढाएका छौँ : मन्त्री लम्साल

काठमाडौं– पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सार्वजनिक यातायात क्षेत्रमा नीतिगत

त्रिशूली थ्री ‘ए’को सुरुङबाट निकालिएका सञ्जय सैनिक अस्पतालबाट डिस्चार्ज

काठमाडौं– गत भदौ १० गते रसुवा भोटेकोशीमा आएको बाढीका कारण

राष्ट्रसंघको महासभामा जलवायु संकटबाट नेपालमा परेको असर जाकारी गराउछौँ : परराष्ट्र

काठमाडौं– नेपालले अमेरिकी न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा