सिमीकोटको उडान बन्द, मानसरोवर जाने पर्यटक अलपत्र « Khabarhub

सिमीकोटको उडान बन्द, मानसरोवर जाने पर्यटक अलपत्र


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- देशभर वर्षाले जनजीवन प्रभावित भएको छ । त्यसमा पनि घुम्न हिँडेका धेरै पर्यटक अलपत्र पर्ने गरेका छन् । हुम्लाको सिमीकोटमा मौसममा आएको खराबीले उडान अवतरण हुन नसक्दा सिमीकोट हुँदै चीनको मानसरोवर जाने पर्यटक अलपत्र परेका छन् ।

मानसरोवरलाई लक्षित गरी नेपालगञ्ज विमानस्थलबाट तारा, समिट र सिता एयलाइन्सले सिमीकोट तर्फ उडान गर्ने गरेपनि मौसममा आएको खराबीले हवाइ उडान नभएको नागरिक उड्यन प्राविधिकरण नेपालगञ्ज विमानस्थलका निर्देशक प्रेम नाथ ठाकुरले बताए।

तीन दिनसम्म उडान नहुँदा झन्डै २ सय पर्यटक अन्योलमा परेका हुन् । मौसम खराब भएपछि नेपालगञ्ज ट्रान्जीट हुँदै मुगुको सिमीकोट जान अड्किएका मध्ये ९० प्रतिशत पर्यटक भारतीय छन् । झन्डै १२ दिनमा सकिने मानसरोवर यात्रा चार दिन देखिको बर्सातका कारण अनिश्चीत समय लम्बिन सक्ने अवस्था देखिएको छ ।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  १ : २० बजे

१५ शय्याको मध्यविन्दु नगर अस्पताल निर्माण

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिकामा १७ करोड ५६

कलामय बन्यो कुश्माको शताब्दी घर

गण्डकी– कोही पिँढी त कोही आँगनमा बसेर कुची र रङ्गसँग

ला लिगा : १० खेलाडीमा सीमित भिल्लारियलमाथि बार्सिलोनाको प्रभावशाली जित

काठमाडौं – ला लिगामा भिल्लारियलमाथि बार्सिलोनाले शानदार जित निकालेको छ।

पश्चिमी वायुको प्रभाव : तराईमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पाकिस्तान एसिया कपको च्याम्पियन बन्दा भारतको १९१ रनको लज्जास्पद हार

काठमाडौं – यु-१९ एसिया कप क्रिकेटको उपाधि पाकिस्तानले जितेको छ।