लिबियाको पश्चिमी किनाराबाट ५३ आप्रवासीको उद्धार « Khabarhub

लिबियाको पश्चिमी किनाराबाट ५३ आप्रवासीको उद्धार


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

त्रिपोली- लिबियाली तटीय रक्षकहरुले शनिबार राजधानी त्रिपोलीबाट करिब ६० किलोमिटर पश्चिमको सब्राथा तटीय जलक्षेत्रबाट ५३ जना अवैध आप्रवासीलाई उद्धार गरेको छ ।

लिबियाली तटीय रक्षकका अनुसार सब्राथा जलक्षेत्रका रबरको डुङ्गामा सवार उनीहरुलाई उद्धार गरिएको छ । अफ्रिकाका विभिन्न मुलुकका ती आप्रवासीमा १० जना महिला र एक बालक पनि रहेका छन् ।

तटीय रक्षकका तर्फबाट जारी विज्ञप्तिमा उद्धार गरिएका आप्रवासीलाई मानवीय र स्वास्थ्य सेवा उपलब्ध गराइएको उल्लेख छ । राष्ट्रसंघीय उच्चायुक्त (युएनएचसीआर) ले समुद्रबाट उद्धार गरिएको आप्रवासीलाई लिबियामा बन्दी नबनाउन आग्रह गरेको छ ।

युरोप प्रवेश गर्न चाहने अफ्रिकी र एसियाली आप्रवासीहरु लिबियाको जलक्षेत्र हुँदै असुरक्षित तरिकाबाट डुङ्गाबाट यात्रा गर्ने गर्दछन् । पछिल्लो समय लिबियामा चर्किएको सशस्त्र हिंसाका कारण आप्रवासीको समेत हत्या हुन थालेको छ ।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  १२ : ३२ बजे

जेन-जी आन्दोलनका क्रममा फरार दुई पक्राउ

काठमाडौं– नेपाल प्रहरीले जेन-जी आन्दोलनका क्रममा फरार रहेका दुई जनालाई

वर्षासँगै घट्यो उपत्यकालगायत मुख्य सहरमा वायु प्रदूषण

काठमाडौं– केही दिनयता काठमाडौँ उपत्यकालगायत मुख्य सहरमा वायु प्रदूषण घट्न

महाकाली नदी किनारमा एक महिलाको शव भेटियो

दशरथचन्द– बैतडीमा एक महिला मृत फेला परेकी छन् । जिल्लाको

रास्वपामा समानुपातिक सूची बुझाउनेबारे आन्तरिक छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीमा समानुपातिक सूचीमा को कोलाई पठाउने भन्ने

इरानको आक्रमण बढेपछि सबै देशलाई रुसी तेल किन्ने बाटो खोल्न बाध्य भयो अमेरिका

मस्को– अमेरिका–इजरायल र इरानबीच जारी युद्धका कारण विश्व बजारमा कच्चा