नियमितभन्दा २० मिनेट बढी सुते फाइदा, दिमाग दुई गुणा बढी चल्छ | Khabarhub Khabarhub

नियमितभन्दा २० मिनेट बढी सुते फाइदा, दिमाग दुई गुणा बढी चल्छ


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- मानिसहरु कार्यव्यस्तताका कारण राम्रोसँग आराम पनि गर्न पाइरहेका हुँदैनन् । आरामको कुरै छाडौँ राम्रोसँग सुत्ने समय पनि मिलेको हुँदैन । तर अध्ययनले के देखाउँछ भने पर्याप्त मात्रामा सुत्नु चाहिँ स्वास्थ जीवन जिउनु हो । स्वास्थ रहन प्रत्येक व्यक्तिका लागि कम्तीमा ८ घण्टा निद्रा आवश्यक हुन्छ ।

व्यस्त जीवनशैलीका कारण मानिसहरु राम्ररी सुत्न पाइरहेका हुँदैनन् । केही मानिस भने साना झप्कीमै निद्रा पुर्‍याउँने हुन्छन् । लामो समयसम्म अनिधो बस्नु पर्ने बाध्यता रहकाहरुका लागि स्वास्थ्यमा समस्या आउन सक्ने चिकित्सक बताउँछन् ।

प्रत्येक व्यक्तिका लागि कम्तीमा ८ घन्टाको निद्रा आवश्यक हुन्छ । निद्रा पूरा गर्न नपाउँदा डिप्रेसन, टाइप २ डायबिटिज, अनिद्रा र एंग्जाइटी जस्ता रोग लाग्छन् । अनुसन्धानकर्ताहरूका अनुसार, दिनदिनै ८ घन्टाबाहेक २० मिनेट मात्र थप सुत्दा पनि ताजा अनुभव गर्न सकिन्छ ।

सुतेर २० मिनेट ढिलो उठ्दा तपाईंले ताजा अनुभव त गर्नुहुनेछ नै, स्वास्थ्यमा पनि अनेकौं फाइदा पाउनुहुन्छ । अनि बिहानपख दुई घन्टा बढी सुत्दा दिमाग दुईगुणा बढी चल्छ । अनुसन्धानकर्ताहरूका अनुसार, २० मिनेट बढी सुत्ने मानिस पातला हुन्छन् । बढी सुत्दा शरीरको क्यालोरी घढ्छ अनि तौल बढ्न पाउँदैन ।

अलि बढी सुत्दा शरीरमा कार्बोहाइड्रेट्सको मात्रा घट्छ जसले गर्दा शरीरका कोशिकाहरूले झन् बढी काम गर्छन् । टन्न सुत्दा तपाईंले दिनमा कम्तीमा ३८५ क्यालोरीयुक्त भोजन गर्न सक्नुहुन्छ । अनि यसले गर्दा शरीरलाई मह, चिनी, सिरप र फल जस्ता कुरा पचाउन सहायता पुग्छ ।

नियमित समयभन्दा २० मिनेट बढी सुत्दा ठूलालाई मात्र नभई बच्चाहरूलाई पनि फाइदा हुन्छ । तपाईं पनि स्वास्थ्य कायम राख्न चाहनुहुन्छ भने २० मिनेट बढी सुत्नुहोस् ।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  २ : ०१ बजे

अदालतलाई १० लाख धरौटी बुझाएकी अञ्जलाले शुक्रबारदेखि विद्यार्थीलाई पढाउने

बिराटनगर– सहकारी ठगी प्रकरणमा मोरङ जिल्ला अदालतलाई १० लाख रुपैयाँ

वायु सेवा निगमका समस्या अध्ययन गर्न संसदीय उपसमिति गठन

काठमाडौं– अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकले नेपाल वायु सेवा

रविसहित हिरासतका सातैजना धरौटीमा छुट्ने, कोसँग कति लाख मागियो ?

पोखरा- जिल्ला अदालत कास्कीले सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र

साताको शेयर बजार : साँढेले पछार्‍यो भालुलाई !

काठमाडौं – पुसको चौथो साता अर्थात् २१ देखि २५ गतेसम्म

लागूऔषधसहित विभिन्न स्थानबाट पाँच जना पक्राउ

काठमाडौं– देशका विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका छन्