मलेसियाविरुद्ध टि–२० श्रृंखला जीतेपछि कप्तान खड्काले लेखे : जीत बाढीपहिरो पीडितमा समर्पित « Khabarhub

मलेसियाविरुद्ध टि–२० श्रृंखला जीतेपछि कप्तान खड्काले लेखे : जीत बाढीपहिरो पीडितमा समर्पित


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काले मलेसियामाथि नेपालले हात पारेको जीत देशमा बाढीपहिरोबाट प्रभावित भएकाहरुलाई समर्पित भएको बताएका छन् ।

आइतबार नेपालले मलेसियाविरुद्ध किनरारा ओभलमा शृङ्खलाको दोस्रो खेल जित्दै २ खेलको टि–२० शृङ्खला क्लिन स्विप गरेको थियो । मलेसियाविरुद्ध जीत हात पारेको शृङ्खला नेपालको पहिलो पटक टि–२० अन्तर्राष्ट्रिय शृंखला हो।

जितपछि पारसले सामाजिक सञ्जाल फेसबुकमा च्याम्पियन भएको नेपाली टिमको तस्बिर राख्दै लेखेका छन्, ‘पछिल्ला दुई दिन सबैले राम्रो इफोर्टलगाउँदा राम्रो जित निकाल्यौं । सबैलाई धन्यवाद । हाम्रो जीत बाढी तथा पहिरोमा ज्यान गुमाएका र प्रभावितप्रति समर्पित गर्दछौं।’

मलेसिया भ्रमणमा रहेको नेपाली टोली जुलाई २०–२८ सम्म सिंगापुरमा हुने टि–२० विश्वकप एसिया फाइनलमा सहभागी हुन सिंगापुर जानेछ । सिंगापुरमा शीर्ष स्थानमा रहन सके नेपाल अक्टोबर, नोभेम्बरमा हुने ग्लोबल क्वालिफायरमा पुग्नेछ ।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  २ : १४ बजे

नेपालमा घरजग्गा कारोबार : मूल्यमा बागमती र क्षेत्रफलमा मधेश अगाडि

काठमाडौं– पछिल्ला वर्षहरूमा नेपालमा घरजग्गा कारोबारमा मूल्यमा बागमती प्रदेश र

रातो मच्छिन्द्रनाथको रथ धमाधम बनाइँदै (तस्बिरहरू)

काठमाडौं– नेपालकै सबैभन्दा लामो जात्राका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथयात्रा

ओलीको स्वास्थ्यअवस्था स्थिर, शल्यक्रियापछि आईसीयूमा राखेर निगरानी

काठमाडौं- त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका

एक वर्षमा ७ हजार ७ सय १६ विपद्का घटना : ४ सय ९६ जनाको मृत्यु, १३ हजार परिवार प्रभावित 

काठमाडौं– एक वर्षमा देशभर भएका विभिन्न बिपद्का घटनमा परी  ४

इरानमा १६०० बढी मृत्युदण्ड

एजेन्सी– इरानमा सन् २०२५ मा मृत्युदण्डको प्रयोग चिन्ताजनक रूपमा तीव्र