जोखिम न्यूनीकरण विशेषज्ञको सुझाव–एक फिट पानीमा सवारी साधनहरु तैरिन सक्छन् ख्याल गर्नुस् | Khabarhub Khabarhub

जोखिम न्यूनीकरण विशेषज्ञको सुझाव–एक फिट पानीमा सवारी साधनहरु तैरिन सक्छन् ख्याल गर्नुस्



बाढीको बबण्डर शुरुभएको छ । विगत एक हप्तामा मात्रै चार दर्जन बढीले ज्यान गुमाइसकेका छन् । विगतको अनुभवको आधारमा बाढी र पहिरोबाट मात्रै वर्षेनी ३०० बढीले ज्यान गुमाउनु परेको छ ।

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनका कृयाकलापहरु प्रभावकारीरुपमा संचालन गर्न सकिएमा ठूलो मानवीय, आर्थिक क्षति कम गर्न सकिन्छ। प्रस्तुत लेखमा बाढीका कारण र यसबाट परिवार र व्यक्तिले सावधानी अपनाई सम्भाव्य क्षति र विपद्लाई कमगर्ने उपायहरुबाट चर्चा गरिन्छ ।

बाढी के हो ?

अस्थायी रुपमा खोला, खहरे, वा नदीको बहाव वा मात्रा बढेर यसमा अटाउन नसकेर बढेको पानी नदी, नाला नाघेर बाहिरी स्थानमा पस्नुलाई बाढी भनिन्छ ।

बढेको पानी वा नालामा नअटाएर डिल नाघेर बाहिर निस्किई अस्थाई रुपमा ठूलो क्षेत्र डुवाउने र नदी किनारा कटान गर्न थाल्दछ । घना वर्षा, आँधीहुरी, हुरीवतास, हिमताल विष्फोटन, (हिउपग्लने) र बाँध फुट्नाले बाढी आउने गर्दछ । खोला, नदीको नजीक बस्ने मानिसहरु बाढीको जोखिममा बढी हुन्छन् ।

बाढीका कारणहरु

बाढीका धेरै कारणहरु छन् । स्थान र क्षेत्र अनुसार यो फरक फरक हुन सक्छ । केही प्रमुख कारणहरु निम्न प्रकार छन् :
१. घना वर्षा

२. नदी वा खोलाहरुमा पानी राख्ने क्षमता घटेमा ।

३. विशेष गरी शहरी क्षेत्रमा नाला अवरुद्ध भएमा बाढीका रुपमा बाहिर निस्कन्छ ।

४. खोलामा पहिरो पसी नदीप्रवाहमा अवरुद्ध भएमा ।

५. बाँध निर्माणका कारण

६. आँधीहुरी–हुरीवतास, तुफानबाट

७. सुनामी र अरु प्रकोपहरुबाट

खहरे बाढी

सानो क्षेत्रमा आउने खहरे बाढी तीब्ररुपमा आउने गर्दछ । खासगरी तीब्र वर्षाका कारण खहरे बाढी आउने गर्दछ । यस्तो बाढी मिनेट वा घण्टा भित्रमै आउन सक्छ । यो वर्षाको तिब्रता र समय अवधि, भौगोलिक अवस्था, माटोको केहि संरचना र ओगटेको क्षेत्रमा निर्भर गर्दछ ।

खहरे बाढीले ढुंगालाई मडारेर बगाउने, रुखहरु उखाल्ने, घर र पुलहरु बगाउने र नयाँधार (बाटो) लिन सक्छ । तीब्र रुपमा पानी बढेको पानी ३० फिट वाभन्दा वढी उचाई सम्मपुग्न सक्छ । त्यस बाहेक खहरे बाढीले पानीले पहिरो ल्याएर दुःखद् विपदल्याउन सक्दछ ।

बाढीको बेला आफ्नो सुरक्षा कसरी गर्ने ?

बाढी आउनु अगाडी गर्नुपर्ने पूर्वतयारी

आफ्नो गाउँको बाढीको इतिहास जान्ने ।

सरकारका स्थानीय निकाय वा विज्ञबाट नदीको सतहमा कति वृद्धि हुँदा जोखिम हुन्छ पत्ता लगाउने ।

बाढी पस्ने जोखिम भएका स्थानमा रहेका कमजोर घरमा नबस्ने ।

स्थानन्तरण हुनुपर्ने अवस्थाको लागि बाटो पत्तालगाई राख्ने ।

बाढी आउने सम्भावना भएमा पानी, हिटर, विद्युतीय प्यानको मर्मत गर्नुपर्दछ ।

ढलनलमा पानी पस्नबाट रोक्न ढलनल निकास हुने मुखमा “चेक भल्भस्” जडान गर्ने ।

घर भित्र पानी पस्नबाट रोक्न पर्खाल लगाउने ।

पानी पस्नबाट जोगिन नदीकिनारमा पानी नपस्ने गरी बाँध बाध्ने ।

बाढीको समयमा यदि तपाई रहेका क्षेत्रमा बाढी आउन लागेको छ भने तपाईले अपनाउनुपर्ने सतर्कताः

सूचनाको लागि रेडियो र टेलिभिजन सुन्ने ।

घरलाई सुरक्षित बनाउने । यदि समय भएमा घर बाहिर रहेका फर्निचर भित्र ल्याउने । अति आवश्यक सामानहरु माथिल्लो तलामा राख्ने ।

उपकरणहरुको मुख्य स्विच बन्दगर्ने, विद्युतिय उपकरणहरुलाई विद्युत लाईनबाट छुटाउने । यदि तपाई भिज्नु भएको छ वा पानीमा उभिनु भएको छ भने विद्युतीय उपकरणहरु छुनु हुदैन ।

खहरे बाढी आउन सक्छ । यदि खहरे बाढी आउने कुनै संकेत देखिएमा तुरुन्तै उच्च स्थान तर्फ जाने । यदि खहरे बाढी आउने कुनै संकेत देखिएमा तुरुन्तै उच्च स्थानतर्फ जाने । कुनै आदेशलाई पर्खेर नबस्ने ।

खोलानाला, नहरहरु र अन्य बाढी आउन सक्ने क्षेत्रमा सतर्कतासाथ बस्ने । यस्ता क्षेत्रहरुमा कुनै संकेत विना खहरे बाढी आउन सक्छ । जस्तै विना बादल वा घना वर्षा ।

बाढीको खतरा पानीको सतह घट्दैमा समाप्तहुदैन, त्यसैले घरवरिपरी बाढीको पानी रहुन्जेल घर बाहिर नै बस्ने ।

जीव जनावरको विचार पुर्‍याउने, विशेष रुपमा विषालु सर्पको जसलाई बाढीको पानीले हाम्रो घरभित्र ल्याउन सक्छ ।

कमजोर भित्ता र सिलिङमा ध्यान दिनुपर्छ । तपाई माथि नै खस्न सक्छ ।

बाढी पछि

समुदायमा वितरण गरेको पानी पिउन सुरक्षित छ कि छैन थाहा पाउन समाचार सुन्ने ।

बाढीको पानी प्रयोग नगर्ने, यस्तो पानीमा तेल, मट्टितेल वा फोहर मैला मिसिएर प्रदुषित भएको हुन सक्छ ।

बगेको पानीमा नपस्ने ।

बाढीको पानी सुकेको ठाउँमा सतर्क रहने । यस्तो अवस्थामा सडक कमजोर भएको हुनसक्छ र गाडीको भारले धंस्सिन सक्छ ।

ढलेको विद्युतलाइनबाट टाढा बस्ने र विद्युत प्राधिकरणमा रिर्पोट गर्ने ।

स्थानीय प्रशासनले सुरक्षित भएको सूचना दिएपछि मात्र घर फर्कने ।

बाढीको पानीले भवन डुवेको भए घर बाहिर नै बस्ने ।

अरु बाढी र पहिरो आउन सक्ने संभावना भएको कुरा नविर्सने ।

खतरा अरु बढी छ भनेर सम्झने (बाढीले बगाएको खनिज, रिसाएको र दबाबमा परेका जंगली जनावरहरु र सर्प आदिले क्षति पु¥याउने सक्छन् ।

घर प्रवेशगर्दा एकदम सावधानीअपनाउने, अदृश्य क्षति भएको हुन सक्छ । विशेष गरेर घरको जगमा क्षतिभएको हुनसक्छ ।

बगेको पानीबाट टाढा बस्ने ।

फोहोर मैलाले स्वास्थ्यलाई गम्भिर रुपमा विगार्न सक्छ ।

ढलेका विद्युतीयतार/खम्बाहरुबाट टाढा बस्ने ।

भिजेको सम्पूर्ण सामाग्रीहरु सफा र शुद्ध बनाउने, बाढीले ल्याएको माटोमा ढल नल र रसायनहरु मिसिएको हुन सक्छ ।
घर छोड्नुपर्ने अवस्था भयो भने निम्न कुरामा ध्यान दिनेः

बगेको पानीमा नहिँड्ने ।

६ इन्च गहिरो बगेको पानीले हामीलाई बगाउन सक्छ । यदि पानीमा हिँड्नु प¥यो भने नबगेको पानी भएको ठाँउबाट हिड्ने । आफू अगाडीको जमिन कति सुरक्षित छ थाहा पाउन लौरो (लठ्ठी) को प्रयोग गर्ने ।

बाढीको डुवान भएको क्षेत्रमा सवारी नचलाउने । यदि बाढीको पानी आफ्नो सवारीको छेउछाउसम्म आएमा सवारी छोडेर उच्च स्थानमा जाने यदि सुरक्षित साथजान सकिन्छ भने ।

बाढीको बेला सवारी साधन चलाँउदा अपनाउनु पर्ने सतर्कताहरु

६ इन्च सम्मको पानीले प्राय यात्रुवाहक कारको तल्लो भागलाई भेट्छ र नियन्त्रण गुमाएर पल्टन सक्ने संभावना हुन्छ ।

एक फिट पानीमा सवारी साधनहरु तैरिन सक्छन् ।

दुई फिटको वेगको पानीले पिकअप लगायत प्राय सवारी साधनहरुलाई बगाउन सक्छ ।

थोरै मात्र सतर्कता अपनाउन सकियो भने धनजनको ठुलो क्षतिबाट जोगिन सकिन्छ। यसको लागि बाढी सम्बन्धि सूचना प्राप्त गर्ने र त्यो अनुसार बुद्दिमत्तापुर्वक अवलम्बन गर्नु आबस्यक छ।

(लेखक विपद् जोखिम न्यूनीकरण विशेषज्ञ हुन्)

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  ३ : ४२ बजे

क्यानाडाको आश देखाएर यौन शोषण, बिहेको बहानामा दुबई लगेर बेचियो

काठमाडौं – क्यानाडा पठाइदिने प्रलोभन देखाएर युवतीलाई दुबईमा बेचेको अभियोगमा

नेता किमले गरे मल्टिपल रकेट लन्चरको परीक्षण निरीक्षण

सोल– उत्तर कोरियाका नेता किम जोङ उनले मल्टिपल रकेट लन्चरको

सालझण्डी-ढोरपाटन सडक स्तरोन्नतिमा ढिलासुस्ती

ढोरपाटन– राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी–ढोरपाटन सडकको ट्रयाक खुलेको १३ वर्ष

प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको भेट

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन

एक केजीभन्दा बढी सुन र नगदसहित ७ जना पक्राउ

काठमाडौं– प्रहरीले एक केजीभन्दा बढी अवैध सुन र नगदसहित ७