युवा देशको नयाँ आयाम हो, राज्यको संरक्षण चाहिन्छ : मन्त्री विष्ट | Khabarhub Khabarhub

युवा देशको नयाँ आयाम हो, राज्यको संरक्षण चाहिन्छ : मन्त्री विष्ट


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाण्डौं- श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोर्कण विष्टले युवा देशको नयाँ आयाम भएकाले राज्यले संरक्षण गर्नुपर्ने बताएका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आयोजना गरेको वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमै उद्यमी बनेका युवाको सम्मान तथा पुस्कार वितरण कार्यक्रममा बोल्दै मन्त्री विष्टले विदेशमा सिकेको सीप नेपालमा उपभोग गर्नुपर्ने बताए ।

‘विदेशमा सिकेको सीपका आधारमा देशभित्र केही गर्नुपर्छ । जसका कारण देशभित्र रोजगारीका अवसरहरु सिर्जना हुन्छन् ।’ मन्त्री विष्टले भने, ‘राज्यले पनि युवा जनशक्ति विदेश पठाउन चाहेको छैन । देशमै रोजगार र उद्यमी बनाउनका लागि सरकारले पहल तथा महत्व पूर्ण काम गरिरहेको छ ।’

उक्त कार्यक्रममा मन्त्रालयले वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमै उद्यम गरिरहेकालाई पुरस्कृत गर्‍यो । मन्त्रालयमा आयोजित कार्यक्रममा श्रम मन्त्री विष्टले वैदेशिक रोजगारबाट फर्किएर स्वदेशमा उद्यमी बनेका ६ जनालाई सम्मान र पुरस्कृत गरेका हुन् ।

मन्त्रालयले कान्तिपुर पोल्ट्रिब्रिडिड फर्मका नवराज पौडेललाई उत्कृष्ट उद्यमी राष्ट्रिय पुस्कारले समान गरेको छ । यस्तै, प्लाष्टिकका सामग्रीहरु उत्पादन गर्ने कार्यडायमण्ड स्टिल उद्योग झापाका दिपक चापागाईं, मैत्रीमंगल अर्गानिक कृषि फर्म भोजपूरका नीरबहादुर राउत , फिट वेल गार्मेन्ट उद्योग हेटौंडाका मनोज कुमार भारती, रामलक्ष्मण कृषि फर्म , राउत एण्ड सन्स बहुउद्देश्यीय कृषि तथा पशुपालन फर्मकी शर्मिला अधिकारी र आलोक गार्मेन्ट उद्योग कैलालीका त्रिलोक पनेरुलाई ५०-५० हजार रुपैयाँ नगद पुस्कारका साथ समान गरेको छ ।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  ४ : ४६ बजे

किवी खेतीप्रति गुल्मीका किसानको बढ्दो आकर्षण, वार्षिक छ लाख आम्दानी

गुल्मी– गुल्मीको सत्यवती गाउँपालिका–८ भार्सेका ५६ वर्षे यमबहादुर थापा यति

पर्यटकको आकर्षणमा ‘कन्यादह मङ्गलबारे देवस्थल’

भोजपुर–  पौवादुङमा गाउँपालिका–६ ठूलोदुम्मास्थित बिस्कुट्नेडाँडामा रहेको ‘कन्यादह मङ्गलबारे देवस्थल’ पछिल्ला

दूध प्रशोधन गर्दै दुग्ध उत्पादक सहकारी सङ्घ

चितवन– जिल्लाका दुग्ध उत्पादक सहकारी सङ्घको छाता संस्था चितवन जिल्ला

पर्सामा छठ घाट सजाइयो

वीरगञ्ज– छठ पर्व नजिकिएसँगै यहाँका पोखरी तथा नदी तटमा झकिझकाउ सजावटसहित

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती– लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेस्रो