सामाजिक सञ्जालमा जथाभावी लेखे ५ वर्ष जेल, १५ लाख रुपैयाँसम्म जरिवाना « Khabarhub

सामाजिक सञ्जालमा जथाभावी लेखे ५ वर्ष जेल, १५ लाख रुपैयाँसम्म जरिवाना


२ फाल्गुन २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सामाजिक सञ्जाल फेसबुक, ट्वीटर, भाइबर, इन्ट्राग्रामलगायतलाई नियमन गर्न सरकारले कडा कानून प्रस्ताव गरेको छ । यसअघि सामाजिक सञ्जाल नियमन गर्न कानुन नहुँदा जथाभावी लेख्नेलाई प्रहरीले विद्युतीय कारोबार ऐनअनुसार कारबाही चलाउँदै आएको थियो ।

सरकारले बुधबार संसद् सचिवालयमा ल्याएको सूचना प्रविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयकमा समाजिक सञ्जालमा जथाभावी लेख्नेलाई १५ लाख रुपैयाँसम्म जरिवाना र ५ वर्षसम्म जेल सजाय हुने कानुन प्रस्ताव गरिएको छ । विद्युतीय कारोबार ऐनलाई खारेज गरेर यो कानुन ल्याउन लागिएको हो ।

विद्येयकमा सामाजिक सञ्जालबाट कुनै व्यक्तिलाई जिस्काउने, झुक्याउने, होच्याउने, हतोस्साहित गर्ने, हप्काउने, घृणा तथा द्धेष उत्पन्न गराउने र सूचना प्रापकलाई भ्रममा पार्न नपाइने उल्लेख छ । समाचार कान्तिपुर दैनिकले प्रकाशित गरेको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७५, बिहिबार  ७ : ०९ बजे

पर्यटकको पर्खाइमा रमणीय कोटथुम्का

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित कोटथुम्का अर्थात् चण्डेनी–मण्डनको रमणीय क्षेत्र

धान फल्ने खेलतमा कागतीखेती

म्याग्दी– कर्मले नै परिचय दिन्छ । सत्कर्म गर्दै जाँदा त्यसबाट

एक महिनामा अन्नपूर्ण क्षेत्रमा ३३ हजार पर्यटक भित्रिए

गण्डकी– गत असोज महिनामा ३२ हजार ९६३ विदेशी पर्यटकले अन्नपूर्ण

दसैँ बिदामा १५ हजार बढीबाट हेटौँडास्थित शहीद स्मारकको अवलोकन

बागमती– बागमती प्रदेशको राजधानी हेटौँडास्थित शहीद स्मारकको यस वर्षको दसैँ

ह्यारी केनले जिते बालोन डी’ओर अवार्ड

काठमाडौँ– इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार स्ट्राइकर