कार्यक्रम बेग्लै, स्वर एउटै– पार्टीलाई विभाजन गर्ने अनेक प्रयासः अध्यक्षद्वय « Khabarhub

कार्यक्रम बेग्लै, स्वर एउटै– पार्टीलाई विभाजन गर्ने अनेक प्रयासः अध्यक्षद्वय


२ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाण्डौं– कार्यक्रम बेग्लै, स्वर एउटै शीर्षकमा आजको अन्नपूर्ण दैनिकले मुख्य समाचार छापेको छ । नेकपा अध्यक्षद्वयले सरकारको नेतृत्व गरिरहेको आफ्नो पार्टीलाई विभाजन गर्ने अनेक प्रयास भइरहेको बताएका छन । बुधबार अलग अलग कार्यक्रममा नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले पार्टीभित्र समस्या निम्त्याउन थामिनसक्नु प्रयास भइरहेको पनि औंल्याए ।

भेनेजुएला प्रकरण, सक्रमणकालीन न्यायको मुद्दा, संघीयता कार्यान्वयन, पार्टी एकतामा भएको ढिलाइलगायत विषयमा दुई अध्यक्षबीच पछिल्लो पटक असमझदारी बढेको समाचार आइरहँदा दुवै अध्यक्षले पार्टीभित्र समस्या पैदा गर्ने प्रयास भएको बताएका हुन् । प्रचण्डले भनेका छन् ‘प्रतिक्रियावादीले नेकपालाई पार्टी–नेताका बीचमै अविश्वास पैदा गर्ने प्रयास गरिरहेका छन् ।’

त्यस्तै पत्रिकाले कांग्रेस बैठक लम्बियो शीर्षकमा अर्को समाचार छापेको छ । पार्टी विधान परिमार्जनसहित अन्तिम रुप दिन बैठक बोलाइए पनि नेताहरुबीच नै फरक फरक धारणा आएपछि पटक पटक बसेको केन्द्रीय समितिको बैठक अनिर्णित बन्दै गएको छ ।

अन्नपूर्णले सामाजिक सञ्जाल कसिँदै शीर्षकमा अर्को समाचार छापेको छ । फेसबुक, ट्विटर, इन्टाग्राम जस्ता सामाजिक सञ्जालको जथाभावी प्रयोग गरे ठूलै सजायको प्रस्तावसहित सरकारले कानूनको मस्यौदा सुंसदमा पठाएको छ । सामाजिक सञ्चालको प्रयोग व्यवस्थित र मर्यादिन बताउन भन्दै सरकारले सूचना प्रविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा पठाएको हो ।

‘११ नगरलाई ६८ करोड’ शीर्षका अर्को समाचार छापिएको छ । जिल्ला समन्वय समिति काठमाडौंले जिल्लाका ११ नगरपालिकाको प्रशासकीय भवन निर्माणका लागि ६८ करोड रुपैयाँ दिने भएको हो ।

अन्नपूर्णले भद्रगोलमा सरकारी गाडी शीर्षकमा सम्पादकीय लेखेको छ । सामाजिक पदाधिकारी तथा उपल्लो तहका कर्मचारीलाई गाडी सूविधाका निम्ति राज्यले व्यहोर्नुपर्ने आर्थिक दायित्वको मात्रा बर्षेनी बढ्दो छ यस्तो प्रवृत्ति निरन्तर रह्यो भने गाडी खरिदमै ठूलो रकम खर्चनुपर्ने छ । अझ कानूनी प्रक्रिया मिचेर नयाँ गाडी खरिदको होड नै भित्रिएको उल्लेख गरेको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७५, बिहीबार  ७ : ०१ बजे

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ परिसरमा पिण्डदान गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाकी गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता

लागूऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित

‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’

काठमाडौँ– नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट

रुसबाट डिजेल आयात गर्ने ट्रम्पको घोषणा

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसबाट ठूलो परिमाणमा डिजेल आयात