हङकङमा सुपुर्दगी विधेयकको विरोध जारी « Khabarhub

हङकङमा सुपुर्दगी विधेयकको विरोध जारी


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हङकङ– विवादास्पद सुपुर्दगी विधेयकको विरोधमा हङकङमा आइतबार पनि प्रदर्शन भएको छ ।

मुख्यभूमि चीनसँग सीमा जोडिएको हङकङको शा टिन क्षेत्रमा दशौं हजार प्रदर्शनकारीले हङकङ सरकारको विरोधमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा पूर्व उपनिवेशक मुलुक बेलायतसमक्ष हङकङको स्वतन्त्रताको रक्षा गर्न समेत आह्वान गर्न माग गरेका छन् । प्रदर्शनकारीले अमेरिका र बेलायतको झण्डा समेत फहराएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

शा टिन क्षेत्रमा प्रहरी र प्रदर्शनकारीको सानो समूहबीच झडप समेत भएको जनाइएको छ । विवदास्पद सुपुर्दगी विधेयकको विरोधमा शुरु भएको आन्दोलनमा प्रदर्शनकारीले हाल भने हङकङको स्वतन्त्रता र लोकतन्त्रको समेत माग गर्दै आएका छन् ।

उनीहरुले त्यहाँकी प्रमुख कार्यकारी क्यारी लामको समेत राजीनामा माग्ने गरेका छन् । लामले राजीनामा दिने मनशाय व्यक्त गरेपनि चिनियाँ नेताहरुले उनलाई राजीनामा नदिन निर्देशन दिएको बताइएको छ । विवादास्पद सुपुर्दगी कानून लागू भएमा हङकङका निवासीहरुलाई चीनमा सुपुर्दगी गरिने र त्यसले स्वतन्त्रताको उल्लङ्घन हुने भन्दै हङकङमा केही सातायता प्रदर्शन जारी छ ।

प्रमुख कार्यकारी लामले उक्त विधेयक अनिश्चितकाल सम्मका लागि स्थगित गरेको घोषणा गरेपनि प्रदर्शनकारीले उनले राजीनामा दिनुपर्ने र उक्त विधेयक पूर्ण रुपमा फिर्ता हुनुपर्ने माग गर्दै आएका छन् ।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  ६ : ३७ बजे

रास्वपा बागलुङको सभापतिमा रायमाझी

गण्डकी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), बागलुङको सभापतिमा ढालेन्द्र रायमाझी

वीरगञ्जमा निषेधाज्ञा हट्यो

पर्सा – जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा हटाइएको

दीपमाला ढकालले जितिन् मिस नेपालको उपाधि

काठमाडौं- दीपमाला ढकालले मिस नेपालको उपाधि जितेकी छन् । पुल्चोकमा

बजेट अभावले रोकियो ६ सय वर्ष पुरानो खार्वोक गुम्बाको पुनर्निर्माण

दोलखा- दोलखाको जिरी नगरपालिका–६ स्थित जिरेल समुदायको ऐतिहासिक तथा धार्मिक आस्थाको