न्यूयोर्कमा गैरकानूनी आप्रवासीविरुद्ध धरपकड « Khabarhub

न्यूयोर्कमा गैरकानूनी आप्रवासीविरुद्ध धरपकड


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क– अमेरिकाको न्यूयोर्क शहरमा आप्रवासन प्रहरीले गैर कानूनी आप्रवासीलाई लक्षित गरी व्यापक धरपकड शुरु गरेको छ ।

न्यूयोर्क शहरका मेयर बिल डे ब्लासियोले अमेरिकाको आप्रवासन तथा भन्सार प्रहरी आइसले शहरका विभिन्न क्षेत्रमा व्यापक धरपकड गरिरहेको जनाएका हुन् ।

शहरमा आइतबारबाट यस्ता धरपकड शुरु हुने बताइएपनि मेयर ब्लासियोले शनिबार नै यस्तो धरपकड जारी रहेको जनाएका हुन् ।
आइसले न्यूयोर्क शहरको ब्रुकलिन क्षेत्रस्थित हर्लेम र सनसेट पार्क क्षेत्रमा व्यापक कारवाही गरेपनि अपेक्षित गैरकानूनी आप्रवासीलाई पक्राउ गर्न सफल भने नभएको मेयर ब्लासियोको भनाइ छ ।

अदालतले देश छाड्न आदेश दिएपनि अटेर गरी अमेरिकामा बसिरहेका गैर कानूनी आप्रवासीलाई लक्षित गरी आइसले मुलुकका विभिन्न १० शहरमा कारवाही चलाउने तयारी थालेको हो ।

स्यान्चुरी सिटी भनिने न्यूयोर्क लगायतका आप्रवासीलाई सहयोग गर्ने शहरहरुले आइससँग सहकार्य नगर्ने घोषणा गरिसकेका छन् ।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  ६ : ५० बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ १६ गते शुक्रबार माघ

आज २०८२ साल माघ १६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १६ गते शुक्रबार माघ

चाहनाले नै मैले मधेसबाट चुनाव लड्ने निर्णय गरेको हुँ : सभापति थापा

सर्लाही – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

कानुनविपरित काम गरे चारित्रिक प्रमाणपत्रमा उल्लेख हुन्छ, सचेत हुनू : गृह मन्त्रालय

काठमाडौँ । गृह मन्त्रालयले कानुन विपरित गतिविधि गरे चारित्रिक प्रमाणपत्रमा

बालेन आज डोटीमा बस्ने, भोलि अछाम जाने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) यति