मन्त्रिपरिषद् बैठकः बाढी पहिरो पीडितको उद्दारका लागि सहयोगमा जुट्न आग्रह  « Khabarhub

मन्त्रिपरिषद् बैठकः बाढी पहिरो पीडितको उद्दारका लागि सहयोगमा जुट्न आग्रह 


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले बाढी, पहिरो र डुबान पीडितहरुको राहत, उद्दार र उपचार खटिन मातहतका निकायलाई निर्देशन दिएको छ ।

आइतबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले तत्काल बाढी पहिरो पीडितका लागि आवश्यक प्रबन्ध मिलाइएको भए पनि सम्भावित जोखिम न्यूनिकरणका लागि सवै तह र तप्काबाट सहयोग गर्न आग्रह गरेको हो ।

बैठकले बाढी, पहिरो र डुबान पीडितहरुको राहत, उद्दार र उपचारका लागि सबै निकायसँग समन्वय गरेर काम गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

बैठकले गृह मन्त्रालयले माहतका सबै निकायसँग तथ्यांक संकलन गरे पछि मात्रै पीडितहरुका लागि आवश्यक आवास पुनर्निर्माणको कामलाई अघि बढाउने निर्णय पनि गरेको छ । सरकारले पीडितहरुको राहत, उद्दार र उपचारको काममा आवश्यक समन्वय गर्न संघीय, प्रदेश र स्थानीय तहका सबै जनप्रतिनिधिहरुलाई आग्रह पनि गरेको छ ।

त्यसैगरी सरकारले बाढी, पहिरो र डुबानका कारण अवरुद्ध बाटो, विद्युत, संचारलगायतका अति आवश्यकीय सेवा तत्काल सुचारु गराउन पनि सम्बन्धित निकायलाई परिचालन गरिएको जनाएको छ । मन्त्री बास्कोटाले सो घटनापछि स्वतहस्र्फूत रुपमा उद्दार, राहत तथा उपचारमा खटने सुरक्षा निकाय, अस्पताल, चिकित्सक, सरकारी तथा गैरसरकारी सबै संस्थाहरुलाई पनि धन्यवाद दिइएको जानकारी पनि दिए ।

मन्त्रिपरिषद बैठकले सो घटनामा परी निधन भएकाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको भने घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  ६ : ५८ बजे

सुनसरीको तनाव मधेश प्रदेशतिर : सिरहापछि धनुषामा पनि कर्फ्यु घोषणा

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा आइतबार रातिदेखि सुरू भएको तनाव

फिफाको लगानी योजना अवसर मात्र : इन्फान्टिनो

पेरिस– अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले फिफाको

सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने परिषद्को निर्णय

काठमाडौं– राष्ट्रिय सुरक्षा परिषद्को ४३औँ बैठकले देशको समग्र सुरक्षा अवस्थाको

देवानगञ्ज प्रकरण : गोली लागेका अर्का २२ वर्षीय युवकको उपचारका क्रममा मृत्यु 

इनरूवा– सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा आइतबार राति प्रहरीको गोली लागेर

रास्वपा सभापतिले गरे मधेसका नेतासँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मधेसका नेताहरूसँग छलफल