चौरीदेउरालीका १५ घरपरिवार पहिरोको उच्च जोखिममा « Khabarhub

चौरीदेउरालीका १५ घरपरिवार पहिरोको उच्च जोखिममा


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे- अविरल वर्षाका कारण काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका–४ र ५ वडामा पहिरो गई १५ घरपरिवार उच्च जोखिममा रहेका छन् । वडा नं ५ का वडाध्यक्ष राजकुमार गौतमका अनुसार वडा नं ४ मजुवाका १० घरपरिवार र वडा नं ५ का पाँच घरपरिवार पहिरोको जोखिममा परेका हुन् ।
“वडा नं ५ पोखरीचौरीमा बस्ती तलबाट पहिरो गएका कारण ती घरहरु निकै जोखिममा परेका छन्”, वडाध्यक्ष गौतमले भने, “पाँच घरपरिवारमध्ये विनोदप्रसाद चौलागाईं र नवराज चौलागाईं घर छाडेर अन्तै छाप्रोमा गएर बसिरहनुभएको छ ।” अन्य तीन घरपरिवार पनि सुरक्षित स्थानमा सर्नैपर्ने अवस्थामा रहेको उनले बताए ।

वडा नं ४ मजुवाका दीपक गौतम, धनप्रसाद तिमल्सिना र रामप्रसाद चौलागाईंको घरमाथि बाट आएको पहिरोले पुरिएर विस्थापित भइसकेका जनाइएको छ ।

गाउँपालिकाका अध्यक्ष दीननाथ गौतम, उपाध्यक्ष तारा चौलागाईं र वडा नं ५ का वडाध्यक्ष गौतमले जोखिममा परेका तथा विस्थापित परिवारहरुको अवस्था बुझ्न स्थलगत अनुगमन गरी बाँकी घरपरिवारहरुलाई पनि बेलैमा सुरक्षित स्थानमा सर्न आग्रह गरेका छन् ।
त्यस्तै वडा नं ४ मा रहेको कुशल कृषि उत्पादक समूहको कार्यालय र सोही समूहद्वारा सञ्चालित बाख्रा फार्म पहिरोको जोखिममा परेपछि कामदारहरु सुरक्षित स्थानतर्फ सरिसकेका वडाध्यक्ष गौतमले बताए ।

मृतकका परिवारलाई राहत

घरमाथि बाट पहिरो आई घर भत्केर निधन भएका बनेपा नगरपालिका–३ चुनातालका दङ्गाल परिवारलई गृहमन्त्रालयबाट उपलब्ध रकम आज वितरण गरिएको छ ।

प्रजिअ उदयबहादुर राना मगर नेतृत्वको टोलीले निधन भएका गोमा दङ्गाल र सुहाबी दङ्गालको घरमा नै पुगेर घरमुली रामप्रसाद दङ्गाललाई नगद रु दुई लाख हस्तान्तरण गरेका हुन् ।
गृह मन्त्रालयले बाढीपहिरोमा परी दुःखद निधन भएका परिवारलाई प्रतिमृतक रु एक लाखका दरले राहत उपलब्ध गराउने व्यवस्था गरेअनुरुप उक्त रकम वितरण गरिएको हो । सो क्रममा नेपाल रेडक्रस सोसाइटी र जिल्ला दैवी प्रकोप उद्धार समितिबाट उपलब्ध गराइएको राहत सामग्रीसमेत प्रजिअ मगरले हस्तान्तरण गरे ।

यसैबीच घाइतेको उपचारका लागि लाग्ने सम्पूर्ण खर्च बनेपा नगरपालिकाले व्यहोर्ने नगर प्रमुख लक्ष्मीनरसिंह बादे श्रेष्ठले जानकारी दिए । उनले तत्कालका लागि मृतक एक जना बराबर रु पाँच हजारका दरले रकम उपलब्ध गराउने र थप सहयोगका लागि कार्यपालिकाको बैठकले निर्णय गरेर सहयोग गर्ने बताए ।

अविरल वर्षाका कारण यही असार २७ गते बिहान माथिबाट पहिरो आई घर भत्किँदा दुई जनाको घटनास्थलमा नै निधन भएको थियो ।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  ७ : २९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै