एमएडब्ल्यू अर्थमुभर्सले ल्यायो जेसीबी थ्रिडीएक्स सुपरका लागि ‘बाइ ब्याक ग्यारेन्टी’ योजना « Khabarhub

एमएडब्ल्यू अर्थमुभर्सले ल्यायो जेसीबी थ्रिडीएक्स सुपरका लागि ‘बाइ ब्याक ग्यारेन्टी’ योजना


२७ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा हेभी इक्विपमेन्ट ब्रान्ड जेसीबीको आधिकारिक बिक्रेता एमएडब्ल्यू अर्थमुभर्स अर्थमुभर्सले जेसीबी थ्रिडीएक्स सुपर ब्याकहो लोडरका लागि उद्योगमै पहिलो पटक ‘बाइ ब्याक ग्यारेन्टी’ योजना सार्वजनिक गरेको छ। 

ग्राहकको विश्वास अझ सुदृढ बनाउनुका साथै उपकरणमा गरिएको लगानीको दीर्घकालीन मूल्य सुनिश्चित गर्ने उद्देश्यका साथ यो योजना ल्याइएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यस योजनाअन्तर्गत नयाँ जेसीबी थ्रिडीएक्स सुपर खरिद गर्ने ग्राहकले एमएडब्ल्यू जेसीबीका अधिकृत डिलरमार्फत मेसिन खरिद गरेको ४ वर्ष वा ८,००० अपरेटिङ घण्टा पूरा भएपछि ग्यारेन्टी गरिएको बाइ ब्याक मूल्य प्राप्त गर्न सक्नेछन् । तोकिएका सञ्चालन तथा नियमित मर्मत सम्भारका सर्तहरू पूरा भएको अवस्थामा, प्रयोग गरिसकेपछि पनि मेसिनलाई मूल खरिद मूल्यको ५० प्रतिशतसम्म बाइ ब्याक लाभ प्राप्त हुनेछ ।  

एमएडब्ल्यू अर्थमुभर्सका एक प्रतिनिधिले भने, ‘निर्माण क्षेत्रमा गरिने हरेक लगानीबाट भरपर्दो उपकरण र दीर्घकालीन मूल्य अपेक्षा गरिन्छ । ‘बाइ ब्याक ग्यारेन्टी’ योजना सुरु गरेर हामी ग्राहकहरूलाई उनीहरूको खरिद निर्णयप्रति अझ विश्वस्त बनाउने र जेसीबी मेसिनहरूले दिने प्रदर्शन तथा पुनः बिक्री मूल्यप्रतिको भरोसालाई थप मजबुत बनाउने विश्वास लिएका छौँ ।’

प्रकाशित मिति : २७ फाल्गुन २०८२, बुधबार  ३ : ४८ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको