न्यूजिल्याण्डद्वारा इंग्ल्याण्डसामु २ सय ४२ रनको लक्ष्य « Khabarhub

न्यूजिल्याण्डद्वारा इंग्ल्याण्डसामु २ सय ४२ रनको लक्ष्य


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वकप क्रिकेटको फाइनल खेलमा न्यूजिल्याण्डले घरेलु टोली इंग्ल्याण्डसामु २ सय ४२ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ ।

लर्ड्स मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ४१ रन बनाएको हो ।

न्यूजिल्याण्डका लागि हेनरी निकोलसले सर्वाधिक ५५ रन बनाए । त्यस्तै, टम लाथमले ४७ र केन विलियमसनले ३० रन जोड्नुबाहेक अन्यले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् ।

न्यूजिल्याण्डका टम जिम्मी निसम र मार्टिन गुप्टिलले समान १९ रन बनाए भने कोलिन ग्राण्डहमले १६ र रस टेलर १५ रनमा आउट भए ।

म्याट हेनरी अन्तिम ओभरमा केबल ४ रन बनाएर आउट भए । मिचेल साट्नर ५ र ट्रेन्ट बोल्ट १ रनमा अविजित रहे । इंग्ल्याण्डका लागि लाम प्लङ्केट र क्रिस वक्सले समान ३–३ विकेट लिए । जोफ्रा आर्चर र मार्क उडको नाममा १–१ विकेट रह्यो ।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  ७ : ३२ बजे

समावेशी आयोगद्वारा राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश

काठमाडौं– राष्ट्रिय समावेशी आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख खड्कालाई मानव अधिकार आयोगको बोलावट

काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका

प्राधिकरणको प्रष्टीकरण- राहुघाट जलविद्युत आयोजना सञ्चालनमा आउन १० दिन लाग्छ

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले असोज ९ गतेदेखिको अविरल वर्षाका कारण

साढे तीन महिनापछि सुकेटारमा हवाई उडान

ताप्लेजुङ– ताप्लेजुङको सुकेटार विमानस्थलमा साढे तीन महिनापछि नियमित रुपमा हवाई

बाढीपहिरोले गुल्मीका ग्रामीण सडक अवरुद्ध

गुल्मी– एक सातादेखिको अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण गुल्मीका मुख्य