‘ओबामाको सेखी झार्न ट्रम्प इरान सम्झौताबाट पछि हटे’ | Khabarhub Khabarhub

‘ओबामाको सेखी झार्न ट्रम्प इरान सम्झौताबाट पछि हटे’


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन– पूर्व राष्ट्रपति बाराक ओबामाको सेखी झार्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानसँग सन् २०१५ मा गरिएको आणविक सम्झौताबाट बाहिरिएको खुलासा भएको छ ।

हालै राजीनामा दिएका अमेरिकाका लागि बेलायती राजदूत सर किम डारकको गोप्य लेखोट उद्धृत गर्दै एक बेलायती अखरबारले जनाए अनुसार ओबामाको सेखी झार्न ट्रम्प इरानसँगको आणविक सम्झौताबाट बाहिरिएका हुन् ।

मेल अन सण्डे नामक अखरबारले सन् २०१८ मा राजदूत डारकको लेखोट उद्धृत गर्दै यस्तो समाचार सार्वजनिक गरेको हो । तत्कालिन बेलायती विदेशमन्त्री तथा हाल बेलायती प्रधानमन्त्री बन्ने होडमा रहेका बोरिस जोनसनले अमेरिकालाई उक्त सम्झौताबाट नबाहिरिन आग्रह गर्नका लागि अमेरिका भ्रमण गर्ने बेला राजदूत डारकले व्यक्तिगत इवी साँधेर ओबामाको सेखी झार्न ट्रम्पले त्यस्तो निर्णय लिएको लेखेका थिए ।

अमेरिका अघिल्लो वर्ष इरानसँगको आणविक सम्झौताबाट बाहिरिएसँगै इरानमाथि एकपछि अर्को गरी नाकाबन्दी लगाउँदै आएको छ । हालै इरानले पनि उक्त सम्झौताका केही महत्वपूर्ण बुँदाबाट पछि हट्ने घोषणा गरिसकेको छ ।

ट्रम्प प्रशासनका कारण ह्वाइट हाउस कमजोर र असुरक्षित भएको इमेल पठाएको सार्वजनिक भएपछि राजदूत डारकले यसअघि नै राजीनामा दिइसकेका छन् ।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  ७ : ५८ बजे

पूर्वी पृतनामा पृतनापति ट्रफी सुरु

इटहरी– नेपाली सेनाको पूर्वी पृतनाको आयोजनामा आजदेखि यहाँ ‘पृतनापति ट्रफी

अफगानिस्तानको तालिवान शासनलाई रूसको औपचारिक मान्यता

काठमाडौं– रूसले अफगानिस्तानको तालिवान शासनलाई औपचारिक रूपले मान्यता दिएको छ

बाग्मती प्रदेशसभामा आजदेखि बजेटमा छलफल हुँदै

वाग्मती– सत्तापक्ष र प्रतिपक्षबीच सहमति जुटेसँगै बाग्मती प्रदेशसभाको आज बिहान

एडीबीबाट ऋण नलिने हर्क साम्पाङको घोषणा 

सुनसरी– तीन दशकदेखि खानेपानीको अभाव झेलिरहेको धरान उपमहानगरपालिकाले विदेशी ऋण

चप्पल कारखाना सडक विस्तार सुस्त (तस्बिरहरू) 

काठमाडौं – चक्रपथ विस्तारको दोश्रो खण्ड अन्तर्गत महराजगञ्ज चप्पल कारखाना