‘ओबामाको सेखी झार्न ट्रम्प इरान सम्झौताबाट पछि हटे’ « Khabarhub

‘ओबामाको सेखी झार्न ट्रम्प इरान सम्झौताबाट पछि हटे’


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन– पूर्व राष्ट्रपति बाराक ओबामाको सेखी झार्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानसँग सन् २०१५ मा गरिएको आणविक सम्झौताबाट बाहिरिएको खुलासा भएको छ ।

हालै राजीनामा दिएका अमेरिकाका लागि बेलायती राजदूत सर किम डारकको गोप्य लेखोट उद्धृत गर्दै एक बेलायती अखरबारले जनाए अनुसार ओबामाको सेखी झार्न ट्रम्प इरानसँगको आणविक सम्झौताबाट बाहिरिएका हुन् ।

मेल अन सण्डे नामक अखरबारले सन् २०१८ मा राजदूत डारकको लेखोट उद्धृत गर्दै यस्तो समाचार सार्वजनिक गरेको हो । तत्कालिन बेलायती विदेशमन्त्री तथा हाल बेलायती प्रधानमन्त्री बन्ने होडमा रहेका बोरिस जोनसनले अमेरिकालाई उक्त सम्झौताबाट नबाहिरिन आग्रह गर्नका लागि अमेरिका भ्रमण गर्ने बेला राजदूत डारकले व्यक्तिगत इवी साँधेर ओबामाको सेखी झार्न ट्रम्पले त्यस्तो निर्णय लिएको लेखेका थिए ।

अमेरिका अघिल्लो वर्ष इरानसँगको आणविक सम्झौताबाट बाहिरिएसँगै इरानमाथि एकपछि अर्को गरी नाकाबन्दी लगाउँदै आएको छ । हालै इरानले पनि उक्त सम्झौताका केही महत्वपूर्ण बुँदाबाट पछि हट्ने घोषणा गरिसकेको छ ।

ट्रम्प प्रशासनका कारण ह्वाइट हाउस कमजोर र असुरक्षित भएको इमेल पठाएको सार्वजनिक भएपछि राजदूत डारकले यसअघि नै राजीनामा दिइसकेका छन् ।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  ७ : ५८ बजे

कृष्णभीरमा बिहीबार बिहानदेखि दुईतर्फी सडक सञ्चालन हुने

चितवन– कृष्णभीरमा नयाँ ‘ट्र्याक’ खोलेर बिहीबार बिहानदेखि दुईतर्फी सञ्चालन गरिने

सर्वसुलभ प्रसूति सेवा उपलब्ध गराउन राष्ट्रियसभा सदस्यहरूको माग

काठमाडौं- राष्ट्रियसभा सदस्यहरूले देशभर सर्वसुलभ र गुणस्तरीय प्रसूति सेवा उपलब्ध

रविले राख्दै आएको सर्वदलीय बैठक उच्चस्तरीय स्थायी राजनीतिक संयन्त्रमा परिणत

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा बुधबार बसेको

भीरबाट ट्याक्टर खस्दा दुई जनाको मृत्यु

ओखलढुङ्गा–  मानेभञ्ज्याङ गाउँपालिका–९ मा भीरबाट ट्याक्टर खस्दा दुई जनाको मृत्यु भएको

रविलाई प्रश्न : सर्वदलीय बैठक र उच्चस्तरीय संयन्त्रलाई प्रधानमन्त्रीले नस्वीकारे के गर्नु हुन्छ ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भदौ १० गते