चीनमा पुनः समातिए अर्का क्यानाडेली नागरिक « Khabarhub

चीनमा पुनः समातिए अर्का क्यानाडेली नागरिक


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ओटावा– चीन र क्यानाडाबीच कूटनीतिक तनाव बढ्दै जाँदा अर्का एक क्यानाडेली नागरिक चीनमा पक्राउ परेका छन् ।

क्यानाडा सरकारका प्रवक्ताले जनाएअनुसार ती क्यानाडेली नागरिक पूर्वी चीनको यानाताई शहरमा पक्राउ परेका हुन् । पक्राउ परेका क्यानाडेली नागरिकको पहिचान र पक्राउ पर्नुको कारणबारे केही खुलाइएको छैन ।

यसअघि गत मंगलबार चीनले पूर्वी शहर शुझोउमा अधिकांश विदेशी शिक्षक तथा विद्यार्थी सहित १९ जनालाई पक्राउ गरेको थियो । ती विदेशीलाई प्रतिबन्धित औषधि कारोबारको आरोपमा पक्राउ गरिएको चीनको दाबी थियो ।

गत डिसेम्बरमा क्यानाडाले चिनियाँ प्राविधिक उपकरण निर्माता कम्पनी हुवावेकी प्रमुख वित्तीय अधिकारी मेङ वान्झुलाई पक्राउ गरी अमेरिकातर्फ सुपुर्दगीको पक्रिया अघि बढाएपछि क्यानाडा र चीनबीचको कूटनीतिक सम्बन्ध चिसिएको छ ।

क्यानाडाले आफ्ना नागरिक पक्राउ परेको घटना राजनीतिक स्वार्थबाट प्ररित रहेको भन्दै विरोध गरेको छ ।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  ८ : १५ बजे

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन

यु-१९ विश्वकप र एनपिएलको तयारी : के के बन्दैछन् पूर्वाधार ?

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान