कप्तान दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा अत्तरिया डीपीएलको शीर्ष स्थानमा | Khabarhub Khabarhub

कप्तान दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा अत्तरिया डीपीएलको शीर्ष स्थानमा


२ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कप्तान दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा सिवाईसी अत्तरिया धनगढी प्रिमियर लिग (डीपीएल) मा दोस्रो जीत हासिल गरेसँगै प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ ।

बिहीबार धनगढीको फाप्ला क्रिकेट मैदानमा भएको खेलमा अत्तरियाले रुपन्देही च्यालेन्जर्सलाई ३९ रनले पराजित गरेको हो ।

अत्तरियाले दिएको १२२ रनको लक्ष्य पछ्याएको रुपन्देहीले निर्धारित २० ओभर पूरा खेल्दै सबै विकेट गुमाएर ८२ रनमात्रै बनाउन सक्यो ।

रुपन्देहीविरुद्ध अत्तरियाका कप्तान दीपेन्द्रसिंह ऐरीले अलराउन्ड प्रदर्शन गरे । ब्याटिङ तर्फ सर्वाधिक ६७ रन बनाएका दीपेन्द्रले बलिङतर्फ ३ ओभर बलिङ गर्दै २ विकेट लिए ।

८२ रन बनाएको रुपन्देहीका लागि सुमित महर्जनले २२ रन बनाए भने सन्दीप सुनारले १५ रन बनाए । यस्तै, प्रदिप ऐरी र विक्रम शोवले समान १४—१४ रन र विनोद भण्डारीले १० रन बनाए ।

यसअघि पहिलो ब्याटिङ गरेको अत्तरियाका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट ब्याटिङ गरे । उनले ५० बलमा १० चौका र १ छक्का प्रहार गर्दै ६७ रन बनाए ।

यस्तै, सुबेन्धु पाण्डे, रित गौतम र सन्नी पटेलले समान १२ रन बनाएका थिए ।

अत्तरियालाई १२१ रनमा रोक्न रुपन्देहीका ललितसिंह भण्डारी र विक्रम शोवले कसिलो बलिङ गरे । भण्डारीले ४ ओभर बलिङ गर्दै ३ विकेट लिएका थिए भने विक्रमले २ तथा कप्तान वसन्त रेग्मी र पुनित मेहराले समान १—१ विकेट लिए ।

जीतसँगै अत्तरिया शतप्रतिशत नतिजासहित डीपीएलको शीर्ष स्थानमा उक्लिएको छ । २ खेलबाट समान ४ अंक बनाएको अत्तरिया र काठमाडौं रनरेटका आधारमा पहिलो र दोस्रो स्थानमा रहेका छन् भने ३ मध्ये २ खेल जितेको रुपन्देही तेस्रो स्थानमा छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७५, बिहीबार  १२ : ५१ बजे

भारत र इङ्गल्यान्डको टेस्ट रोमाञ्चक मोडमा : एकै दिन १४ विकेट गयो

काठमाडौं – एकै दिन १४ विकेट पतन भएपछि भारत र

चेल्सीले जित्यो क्लब विश्व कपको उपाधि

न्यु जर्सी – यस वर्ष सानदार फर्ममा रहेको (पिएसजी) लाई

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल असार ३० गते सोमबार। साउन

आज २०८२ साल असार ३० गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार ३० गते सोमबार। साउन

उदयपुरमा सुत्केरीको बाटोमै ज्यान गयो

उदयपुर – त्रियुगा नगरपालिका–९ गैरुनकी एक सुत्केरीको अस्पतालमा प्रसूति गराउन