कप्तान दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा अत्तरिया डीपीएलको शीर्ष स्थानमा « Khabarhub

कप्तान दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा अत्तरिया डीपीएलको शीर्ष स्थानमा


२ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कप्तान दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा सिवाईसी अत्तरिया धनगढी प्रिमियर लिग (डीपीएल) मा दोस्रो जीत हासिल गरेसँगै प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ ।

बिहीबार धनगढीको फाप्ला क्रिकेट मैदानमा भएको खेलमा अत्तरियाले रुपन्देही च्यालेन्जर्सलाई ३९ रनले पराजित गरेको हो ।

अत्तरियाले दिएको १२२ रनको लक्ष्य पछ्याएको रुपन्देहीले निर्धारित २० ओभर पूरा खेल्दै सबै विकेट गुमाएर ८२ रनमात्रै बनाउन सक्यो ।

रुपन्देहीविरुद्ध अत्तरियाका कप्तान दीपेन्द्रसिंह ऐरीले अलराउन्ड प्रदर्शन गरे । ब्याटिङ तर्फ सर्वाधिक ६७ रन बनाएका दीपेन्द्रले बलिङतर्फ ३ ओभर बलिङ गर्दै २ विकेट लिए ।

८२ रन बनाएको रुपन्देहीका लागि सुमित महर्जनले २२ रन बनाए भने सन्दीप सुनारले १५ रन बनाए । यस्तै, प्रदिप ऐरी र विक्रम शोवले समान १४—१४ रन र विनोद भण्डारीले १० रन बनाए ।

यसअघि पहिलो ब्याटिङ गरेको अत्तरियाका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट ब्याटिङ गरे । उनले ५० बलमा १० चौका र १ छक्का प्रहार गर्दै ६७ रन बनाए ।

यस्तै, सुबेन्धु पाण्डे, रित गौतम र सन्नी पटेलले समान १२ रन बनाएका थिए ।

अत्तरियालाई १२१ रनमा रोक्न रुपन्देहीका ललितसिंह भण्डारी र विक्रम शोवले कसिलो बलिङ गरे । भण्डारीले ४ ओभर बलिङ गर्दै ३ विकेट लिएका थिए भने विक्रमले २ तथा कप्तान वसन्त रेग्मी र पुनित मेहराले समान १—१ विकेट लिए ।

जीतसँगै अत्तरिया शतप्रतिशत नतिजासहित डीपीएलको शीर्ष स्थानमा उक्लिएको छ । २ खेलबाट समान ४ अंक बनाएको अत्तरिया र काठमाडौं रनरेटका आधारमा पहिलो र दोस्रो स्थानमा रहेका छन् भने ३ मध्ये २ खेल जितेको रुपन्देही तेस्रो स्थानमा छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७५, बिहीबार  १२ : ५१ बजे

प्रधानमन्त्रीले संसद्मा भने : ११ सय १५ जनाको शव भेटियो, ३ हजार ९१६ अझै बेपत्ता

काठमाडौं – रसुवाको विनाशकारी बाढीमा अहिलेसमम एक हजार ११५ जनाले

बेपत्ता नागरिक फेला नपरेसम्म खोजी कार्य रोक्न हुँदैन : गणेश पराजुली

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुलीले बेपत्ता

उच्चस्तरीय संसदीय समिति बनाउन जरुरी छ : भीष्मराज आङ्देम्बे

काठमाडौं- नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बाढी प्रभावित क्षेत्रमा

सरकारलाई आङ्देम्बेको प्रश्न : सुरुङमा मन्त्रीका आफन्त परेका भए यसरी नै माटो खोस्रिन्थे ?

काठमाडौं- नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुरुङमा फसेकाहरूको

कांग्रेस बाढी प्रभावित क्षेत्रमै छ, प्रधानमन्त्रीले रोस्टममा बोले जस्तो अवस्था राम्रो छैन : आङ्देम्बे

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले अन्तर्राष्ट्रिय तथा