सरकारलाई सांसदहरुको प्रश्न– रोजगारीका नाममा भइरहेको मानव तस्करी कहिले रोकिन्छ ? « Khabarhub

सरकारलाई सांसदहरुको प्रश्न– रोजगारीका नाममा भइरहेको मानव तस्करी कहिले रोकिन्छ ?


२ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा प्रतिनिधि सभाका संसद्हरुले रोजगारीका नाममा भइरहेको मानव तस्करी कहिले रोकिन्छ भनेर सरकारसँग प्रश्न गरेका छन् ।

बैठकमा बोल्ने अधिकांश संसदले पछिल्लो समय भारत हुँदै रोजगारीका नाममा तेस्रो देश नेपाली युवायुवती तस्करी भइरहेकोप्रति समितिमार्फत सरकारको ध्याकर्षण गराएका हुन् ।

सरकारले रोजगारीका नाममा भइरहेको मानव तस्करी रोक्नतिर खासै ध्यान नदिएको समितिकी सदस्य तथा संसद सुजाता परियारले आरोप लगाइन् । रोजगारीको प्रलोभन देखाएर अशिक्षित तथा ग्रमिण भेगका सोझा–साझा युवायुवती भारतहुँदै अन्य देश पुर्‍याएर दलालले अलपत्र पर्ने क्रम बढ्दै गए पनि सरकार गम्भीर नभएको उनको आरोप थियो ।

रोजगारीका नाममा भइरहेको मानव तस्करी नेपाली समाजमा चुनौतीका रुपमा देखा परिरहेको अर्का सासंद प्रमोद शाहले बताए । सरकारले रोजगारका अवसर देशभित्र सिर्जना गर्न नसक्दा तस्करी बढीरहेको उनको भनाइ थियो । त्यस्तै, सरकारले वैदेशिक रोजगारी क्षेत्रमा भइरहेका विकृतिप्रति गम्भीर भएर काम गर्नुपर्ने सुझाव समितिका उपसभापति एलपी सावाँले दिए ।

रोजगारीको खोजीमा रहेका नेपाली नागरिकलाई वैदेशिक रोजगारीका बारेमा सरकारले सूचित गराउन नसक्दा मानव तस्करी बढीरहेको उनको भनाइ छ ।

समितिको बैठकमा संसदको प्रश्नको जवाफ दिदै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहालले रोजगारीका नाममा भइरहेको मानव तस्करी रोक्न सरकारले प्रयास गरिरहेको बताए ।

‘भारत हुँदै रोजगारीका नाममा भइरहेको तस्करीका विषयमा श्रम मन्त्रालय गम्भीर भएर काम गरिहेको छ । यो विषयमा सम्बन्धित निकायसँग पनि छलफल भइरहेको छ’ उनले भने,‘रोजगारीका नाममा भइरहेको मानव तस्करी रोक्न प्रहरी, परराष्ट्र मन्त्रालय र गृहमन्त्रालयसँग छलफल गरिरहेको छौं’ सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले भने ।

उनले राज्यको आँखा छलेर रोजगारीको प्रलोभन देखाई तस्कर गर्ने कसैलाई कानूनी छुट नहुने तर्क गरे ।

विहीबार बसेको समितिको बैठकमा भारत, मलेसिया र यूएईका नवनियुत्त राजदूतका बारेमा सांसदहरुलाई जानकारी गराइएको थियो । सरकारले भारतका लागि निलम्बर आचार्य, मलेसियाका लागि उदयराज पाण्डे र यूएईका लागि कृष्ण ढकाललाई राजदूतमा नियुक्ति भएका छन् ।

कुटनीतिक र श्रम सम्बन्ध सुधारका लागि पहल गर्छौं: राजदूत

विहीबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सम्बन्धित देशसँग कुटनीतिक र श्रम सम्बन्ध सुधारका लागि पहल गर्ने नवनियुक्त राजदूतहरुले बताएका छन् ।

पछिल्लो समय भारत हुँदै रोजगारीका नाममा भइरहेको मानव तस्करी नियन्त्रण गर्न सम्बन्धित निकायसँग छलफल गर्ने भारतका लागि नवनियुक्त निलम्बर आचार्यले बताए । भारतसँग भएका समस्याको पहिचान गरेर सुधारका लागि कुटनीतिक पहल गर्ने उनको भनाइ थियो ।

यस्तै, मलेसियाका लागि नवनियुक्त राजदूत उदयराज पाण्डेले पछिल्लो समय मलेसियाको रोजगारी बन्द भएको विषयमा गम्भीर भएर त्यहाँको सरकारसँग कुटनीतिक पहल गर्ने समितिको बैठकमा बताए । उनले  मलेसियामा रहेका नेपाली कामदारका समस्यामा केन्द्रीत भएर आफू अघि बढ्ने बताए ।

प्रकाशित मिति : २ फाल्गुन २०७५, बिहीबार  ५ : ०० बजे

राष्ट्रियसभा : बाध्यात्मक वैदेशिक रोजगारीको अवस्था अन्त्य गर्नेछौँ : मन्त्री यादव

काठमाडौं– युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले युवा बाध्यात्मक वैदेशिक

२ सय बढी कम्पनीको घट्यो सेयर मूल्य

काठमाडौं– साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा भएको सेयर

समुद्रले निल्दै नाइजेरियाली बस्ती

आयटोरो (नाइजेरिया)- दक्षिणी नाइजेरियाको आयटोरोमा समुद्रको सतह बढ्दै गएपछि तटीय

आगामी वर्षदेखि विद्युत वितरण प्रणालीको आधुनिकीकरणलाई प्राथमिकता दिन्छौँ : ऊर्जामन्त्री

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले आगामी वर्षदेखि विद्युत वितरण

साउन महिनाको दोस्रो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार घोषणा हुँदै

काठमाडौं- करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कार आज