सरकारलाई सांसदहरुको प्रश्न– रोजगारीका नाममा भइरहेको मानव तस्करी कहिले रोकिन्छ ? | Khabarhub Khabarhub

सरकारलाई सांसदहरुको प्रश्न– रोजगारीका नाममा भइरहेको मानव तस्करी कहिले रोकिन्छ ?


२ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा प्रतिनिधि सभाका संसद्हरुले रोजगारीका नाममा भइरहेको मानव तस्करी कहिले रोकिन्छ भनेर सरकारसँग प्रश्न गरेका छन् ।

बैठकमा बोल्ने अधिकांश संसदले पछिल्लो समय भारत हुँदै रोजगारीका नाममा तेस्रो देश नेपाली युवायुवती तस्करी भइरहेकोप्रति समितिमार्फत सरकारको ध्याकर्षण गराएका हुन् ।

सरकारले रोजगारीका नाममा भइरहेको मानव तस्करी रोक्नतिर खासै ध्यान नदिएको समितिकी सदस्य तथा संसद सुजाता परियारले आरोप लगाइन् । रोजगारीको प्रलोभन देखाएर अशिक्षित तथा ग्रमिण भेगका सोझा–साझा युवायुवती भारतहुँदै अन्य देश पुर्‍याएर दलालले अलपत्र पर्ने क्रम बढ्दै गए पनि सरकार गम्भीर नभएको उनको आरोप थियो ।

रोजगारीका नाममा भइरहेको मानव तस्करी नेपाली समाजमा चुनौतीका रुपमा देखा परिरहेको अर्का सासंद प्रमोद शाहले बताए । सरकारले रोजगारका अवसर देशभित्र सिर्जना गर्न नसक्दा तस्करी बढीरहेको उनको भनाइ थियो । त्यस्तै, सरकारले वैदेशिक रोजगारी क्षेत्रमा भइरहेका विकृतिप्रति गम्भीर भएर काम गर्नुपर्ने सुझाव समितिका उपसभापति एलपी सावाँले दिए ।

रोजगारीको खोजीमा रहेका नेपाली नागरिकलाई वैदेशिक रोजगारीका बारेमा सरकारले सूचित गराउन नसक्दा मानव तस्करी बढीरहेको उनको भनाइ छ ।

समितिको बैठकमा संसदको प्रश्नको जवाफ दिदै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहालले रोजगारीका नाममा भइरहेको मानव तस्करी रोक्न सरकारले प्रयास गरिरहेको बताए ।

‘भारत हुँदै रोजगारीका नाममा भइरहेको तस्करीका विषयमा श्रम मन्त्रालय गम्भीर भएर काम गरिहेको छ । यो विषयमा सम्बन्धित निकायसँग पनि छलफल भइरहेको छ’ उनले भने,‘रोजगारीका नाममा भइरहेको मानव तस्करी रोक्न प्रहरी, परराष्ट्र मन्त्रालय र गृहमन्त्रालयसँग छलफल गरिरहेको छौं’ सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले भने ।

उनले राज्यको आँखा छलेर रोजगारीको प्रलोभन देखाई तस्कर गर्ने कसैलाई कानूनी छुट नहुने तर्क गरे ।

विहीबार बसेको समितिको बैठकमा भारत, मलेसिया र यूएईका नवनियुत्त राजदूतका बारेमा सांसदहरुलाई जानकारी गराइएको थियो । सरकारले भारतका लागि निलम्बर आचार्य, मलेसियाका लागि उदयराज पाण्डे र यूएईका लागि कृष्ण ढकाललाई राजदूतमा नियुक्ति भएका छन् ।

कुटनीतिक र श्रम सम्बन्ध सुधारका लागि पहल गर्छौं: राजदूत

विहीबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सम्बन्धित देशसँग कुटनीतिक र श्रम सम्बन्ध सुधारका लागि पहल गर्ने नवनियुक्त राजदूतहरुले बताएका छन् ।

पछिल्लो समय भारत हुँदै रोजगारीका नाममा भइरहेको मानव तस्करी नियन्त्रण गर्न सम्बन्धित निकायसँग छलफल गर्ने भारतका लागि नवनियुक्त निलम्बर आचार्यले बताए । भारतसँग भएका समस्याको पहिचान गरेर सुधारका लागि कुटनीतिक पहल गर्ने उनको भनाइ थियो ।

यस्तै, मलेसियाका लागि नवनियुक्त राजदूत उदयराज पाण्डेले पछिल्लो समय मलेसियाको रोजगारी बन्द भएको विषयमा गम्भीर भएर त्यहाँको सरकारसँग कुटनीतिक पहल गर्ने समितिको बैठकमा बताए । उनले  मलेसियामा रहेका नेपाली कामदारका समस्यामा केन्द्रीत भएर आफू अघि बढ्ने बताए ।

प्रकाशित मिति : २ फाल्गुन २०७५, बिहीबार  ५ : ०० बजे

संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय

काठमाडौं – सरकारले संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको

आईपीएल : मुम्बई इन्डियन्सकाे पहिलो जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा मुम्बई इन्डियन्सले

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा नियमित अन्तरराष्ट्रिय उडान सुरु

कास्की – सञ्चालनमा आएको दुई वर्ष पछि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा

अष्ट्रेलिया नेपाली कम्युनिटीको ‘अर्बन’ अध्यक्षमा श्रेष्ठ निर्वाचित

काठमाडौं – अष्ट्रेलिया नेपाली कम्युनिटी (अर्बन) को अध्यक्षमा अरूणचन्द्र श्रेष्ठ

राजसंस्था र राजनीतिक दल एकै ठाउँमा अटाउने मिलन बिन्दु पहिल्याउनुपर्छ : पूर्वप्रधानमन्त्री चन्द

काठमाडौं – पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दले राजसंस्था, राजनीतिक दलहरु र