प्रदीप र जसिताको ‘लभ स्टेशन’ गीत, माया भए घाम/जून नचाहिने (भिडियो) « Khabarhub

प्रदीप र जसिताको ‘लभ स्टेशन’ गीत, माया भए घाम/जून नचाहिने (भिडियो)


२ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युवाअभिनेता प्रदीप खड्का र जसिता गुरुङको मुख्य भूमिका रहेको फिल्म ‘लभ स्टेशन’ को गीत सार्वजनिक गरिएको छ । रिलिज मिति नजिकिँदै गर्दा फिल्मलाई समेत प्रचार पुग्ने उद्देश्यले युट्युबमार्फत उक्त गीत सार्वजनिक गरिएको हो ।

सुगम पोखरेल र रेश्मा सुनुवारले गाएको ‘घाम जून नि चाहिँदैन’ बोलको गीतमा माया पाए अरु केही नचाहिने भावलाई उठाइएको छ । गीतमा दिपक शर्माको शब्द तथा संगीत रहेको छ भने मिक्सिङ र एरेन्ज शैलेन्द्र प्रधानले गरेका हुन् ।

उज्ज्वल घिमिरेले निर्देशन गरेको यो फिल्ममा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, सिरु बिष्ट, रवि डंगोल, प्रिया रिजाल, निदेश काफ्ले लगायत कलाकारले अभिनय गरेका छन् ।

लभ स्टोरी जानरामा निर्माण भएको यो फिल्ममा डीओपी आलोक शुक्लाको छ भने गोविन्द शाही, कृषु शाही र कबीरविक्रम शाहीको फिल्म निर्माण छ । यस्तै फिल्ममा समिर मिया र श्रीकृष्ण श्रेष्ठको भीएफएक्स, एलिसा कार्कीको पाश्र्वध्वनि तथा अर्जुन जिसी र लोकेश बज्राचार्यको सम्पादन छ ।

फिल्म यसै वर्षको चैत्र २२ गते नयाँ वर्षको अवसर पारेर रिलिज हुँदैछन् ।

ट्रेलर:

प्रकाशित मिति : २ फाल्गुन २०७५, बिहीबार  ४ : ४२ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन